२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौशालाको एक होटलमा युवती मृत फेला



अ+ अ-

काठमाडौँ । गौशालास्थित एक होटलमा एकजना युवती मृत अवस्थामा भेटिएकी छन् ।

बागमती होटलमा कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता खड्का मृत अवस्थामा फेला परेको एकजना अधिकृतले बताए ।

स्नातक तह तेस्रो वर्षमा अध्ययनरत खड्का पुस १६ मा होटल गएकी थिईन् । लामो समय ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

यसबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।