२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियन ब्राण्डका विद्युतीय सामग्री नेपालमा



अ+ अ-

काठमाडौ ।  मलेसियामा विगत ६० वर्षदेखि आफ्ना उत्पादन बजारमा ल्याएको  खिण्ड ब्राण्डका विद्युतीय उपकरण  अव नेपाली बजारमा पनि उपलव्ध हुने भएकाछन् । सस्टेनेवल एप्लाइन्सेज नेपाल प्रालिले खिण्ड ब्राण्डका सामाग्रीहरू नेपालमा आपूर्ति गरि बजारमा पुर्याएको हो।

खिण्ड ब्राण्डका मध्यम वा सो भन्दा माथि आय भएका ग्राहकलाई लक्षित गरेर आफूहरूले सामान आयात गरिएको संस्थाका प्रमुख रविन सुवेदीले जानकारी दिए। शुरूमा काठमाडौंबाट शुरू गरिएको आपूर्तिलाई अहिले पोखरा, चितवनलगायतका शहरहरुमा पनि विस्तार गर्दै लगिएको छ, उनले भने । 

शुरुमा काठमाण्डौबाट शुरुगरिएको आपुर्तिलाई अहिले पोखरा, चितवन लगायतका शहरहरुमा पनि विस्तार गर्दै लगिएको कुरा कम्पनीले जनाएको छ । हाल कम्पनीले एयर कन्डिस्नर, एयर फ्रायर, फ्यान, इन्डक्सन चुल्हो, मल्टी कुकर, कफी मेकर, राइस कुकर लगायत विभिन्न सामानहरु आयात गरी नेपाली बजारमा उपलव्ध गराएको छ । 

तुलनात्मक रूपमा यस कम्पनीको सामानहरु गुणस्तरीय र विश्वसनीय भएको कम्पनीले दाबी गरेको छ।