५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलले ब्रेन्टफोर्डलाई हरायो



अ+ अ-

काठमाडौं । ईंग्लिश प्रीमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ ।

गएराति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई उसकै घरेलु मैदानमा १-३ गोलले हराएको हो ।

खेलमा सुरुवाती अग्रता भने घरेलु टोलिले लिएको थियो । ब्रायन एम्बेउमोले खेलको १३ औं मिनेटमा गोल गर्दै ब्रेन्टफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

२९ औं मिनेटमा गाब्रीयल जेसुसले गोल गर्दै आर्सनललाई १-१ को बराबरीमा ल्याए । त्यसपछि ५० औं मिनेटमा मेरिनोले तथा ५३ औं मिनेटमा गाब्रीयल मार्टीनेलीले गोल गर्दै आर्सनललाई ३-१ को जित दिलाए ।

जितसँगै तालिकाको दोस्रो स्थानमा रहेको आर्सनलले १९ खेलबाट ३९ अङ्क जोडेको छ । लिभरपुल १८ खेलबाट ४५ अङ्कका साथ शीर्षस्थानमा छ । ब्रेन्टफोर्ड २४ अङ्कका साथ १२ औं स्थानमा छ ।