२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन

पीसीआर परीक्षण निः शुल्क गर्न आदेश

पीसीआर परीक्षण निः शुल्क गर्न आदेश
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरसको संक्रमण भए नभएको थाहा पाउने विधि पीसीआर परीक्षण निःशुल्क गर्न बिहीबार सर्वोच्च अदालतले सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले पीसीआर परीक्षण निःशुल्क गर्न सरकारलाई आदेश दिएको हो । संविधान तथा कानुनमा सरुवा रोगको उपचार निःशुल्क हुने भनी स्पष्ट भए तापनि सरकारले पीसीआर परीक्षण गर्दा उल्लेख्यरूपमा रकम लिने गरेको उल्लेख गर्दै त्यसलाई बदर गर्न माग गर्दै अधिवक्ता केशरजंग केसीलगायतले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।

सर्वोच्चले नेपालको संविधान तथा सम्बन्धित कानुनमा सरुवा रोगलाई निःशुल्करूपमा उपचार गर्न पाउने अधिकार रहेको उल्लेख गर्दै पीसीआर परीक्षण गर्दा शुल्क लिन नहुने स्पष्ट गरेको छ । नेपालको संविधानको धारा ३५ को उपधारा (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने उल्लेख गरेको छ । दायर भएको रिट निवेदनमा संविधानमा आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने भनी स्पष्ट उल्लेख गरिएका भए पनि पीसीआर परीक्षण गर्दा सरकार तथा निजीस्तरको स्वास्थ्य संस्थाले रकम लिने गरेका उल्लेख गरिएको थियो ।

जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ३ को उपदफा (४) मा सरुवा रोगसम्बन्धी सेवालाई निःशुल्करूपमा उपलब्ध गराउनुपर्ने स्पष्ट गरिएको छ । कोरोना भाइरसको महामारी सरुवा रोग भएको स्पष्ट भइसकेको हुँदा यसको परीक्षण गर्ने पीसीआर विधि निःशुल्करूपमा उपलब्ध हुनुपर्ने माग रिट निवेदनमा गरिएको थियो । सरकारले पीसीआर परीक्षण गर्दा ५ हजार रुपियाँ लाग्ने व्यवस्था गरेको थियो । केही दिनअघि मात्र सो रकम केही घटाएको थियो । सरुवा रोगको उपचार हुने प्रमुख निकाय काठमाडौंस्थित टेकु अस्पतालमा पीसीआर परीक्षण गर्नका लागि लामो समय कुर्नुपर्ने अवस्था छ ।

कोरोना भाइरसको संक्रमण हुन सक्ने शंकास्पद व्यक्तिहरू राति पनि लाइन बसेर पीसीआर परीक्षण गर्नका लागि निवेदन दिने गरेका बताइएको छ । उनीहरूले २ हजार ५ सय रुपियाँ तिर्नुपर्ने हुन्छ । तर, निजीस्तरका स्वास्थ्य संस्थाले सोभन्दा उल्लेख्यरूपमा बढी रकम लिई पीसीआर परीक्षण गर्नुपर्ने बाध्यता छ ।

सर्र्वोच्च अदालतले पीसीआर परीक्षण निःशुल्क गर्न आदेश दिएको भए पनि त्यसको पूर्ण पाठ भने आएको छैन । पूर्ण पाठ आउन झन्डै एक महिना लाग्न सक्ने बताइएको छ । नेपाल समाचारपत्र दैनिक