२२ पुष २०८१, सोमबार
,
Latest
कुलमानलाई कारबाहीको अर्को प्रयास,ऊर्जा मन्त्रालयले सोध्यो स्पष्टीकरण आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि सरकारले ठोस कदम चाल्नुपर्छ: अध्यक्ष ढकाल गोरखाराज्यका विसर्जकलाई किन चिन्ने ? एमाले केन्द्रीय कमिटी बैठक भोलि पनि बस्ने ‘लङ डिस्ट्यान्स रिलेशनसिप’लाई बलियो बनाउन चाहनुहुन्छ भने भुलेर पनि नगर्नुहोस् यी ५ गल्ती खराब समय चलिरहेको छ भने पर्समा राख्नुहोस् यी ३ चिज पुरूषहरुले सुधार्नै पर्ने सात बानीहरु चिनियाँ राष्ट्रपति सीद्वारा ‘भ्रष्टाचारविरुद्ध पूर्ण युद्ध’ को प्रतिज्ञा किन केही मानिसहरु निद्रामा नै हिड्छन् ? यी ४ रोग छन् भने केरा नखानुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस चौतारीको दशौं राष्ट्रिय महाधिवेशन फागुनको २३–२५ गते विराटनगरमा हुने



अ+ अ-

काठमाडौं । एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशन फागुन २३ देखि २५ गतेसम्म विराटनगरमा गर्ने निर्णय भएको छ ।

बुधबार सम्पन्न चौतारीको सचिवालय बैठकले सो निर्णय गरेको हो । महाधिवेशन कोशी प्रदेशको औद्योगिक नगरी विराटनगरमा गर्ने निर्णय भएको प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाले बताउनुभयो ।

अहिले पनि देश र राज्य व्यवस्था विरुद्ध विभिन्न खालका आक्रमण भइरहेको बेला हुन लागेको महाधिवेशनले त्यसलाई चिर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने लामाले बताउनुभयो । ‘श्रमजीवी पत्रकारको साझा संगठनको रूपमा रहेको प्रेस चौतारी नेपालको यो महाधिवेशनले पत्रकारको आन्दोलनलाई अघि बढाउन, देशभरि काम गर्ने पत्रकारको आर्थिक र सामाजिक सुरक्षा एजेण्डालाई स्थापित गर्न तथा राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई थप सुदृढ गराउन महत्पूर्ण भूमिका खेल्ने छ’, लामाले भन्नुभयो ।