२२ पुष २०८१, सोमबार
,
Latest
सागसब्जी फलाएर जीविकोपार्जन गर्दै रास्वपा सभापति लामिछानेका कानुन व्यवसायीको बहस जारी केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने माओवादीको निर्णय मधेसको कृषि मन्त्रालयका तत्कालीन सचिवसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा ‘भारतले बिना सूचना गैरभन्सार अवरोध गर्ने नै नेपालको प्रमुख समस्या हो’ तालतलैयामा आगन्तुक चराको चहलपहल, जलपन्छी गणना सुरु फणिन्द्र नेपाल सिंहदरबार दक्षिण गेटबाट पक्राउ सहकारीहरुले हामी ठिक अवस्थामा छौँ भन्ने सन्देश दिन जरुरीः मन्त्री अधिकारी जय ट्रफी एलिट कपः सोमपाल कामीले बनाए पहिलो अर्धशतक ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हट एयर बेलुनमा उड्दै कलाकृति



अ+ अ-

गण्डकी । प्राज्ञ नगेन सिंहले पोखराको पामेमा सञ्चालित अन्तरराष्ट्रिय हट एयर बेलुन फेष्टिफलका अवसरमा हट एयर बेलुनमा उड्दै दुई कलाकृति सिर्जना गर्नुुभएको छ ।

प्राज्ञ सिंहले बेलायती पाइलट एलेक्सले चार हजार फिट माथि बेलुन उठाउदा क्यानभासमा सूयोदयको कलाकृतिसँगै अन्नपूर्ण दृष्य चित्र सिर्जना गर्नुुभएको हो ।

नेपालको हट एयर बेलुनमा उडेर बनाएको पहिलो पटक भएको र अन्तराष्ट्रिय हट एयर बेलुन फेस्टिभलको पनि पहिलो घटना हुन सक्ने बेलुन नेपालका व्यवस्थापक सरोज कोइरालाको दावी छ ।

हट एयर बेलुनका पाइलट एलेक्सले हट एयर बेलुनमा बसेर बनाइएको कलाकृति सिर्जनालाई आफ्नो जीवनीको पुस्तकमा समावेश गर्ने बताउनुुभयो ।

फेस्टिफल संयोजक प्रविण महर्जनले बेलुन फेष्टिफलमा बेलुनमा कलाकृतिको सिर्जना ऐतिहासिक क्षण भएको बताउँदै नेपालमा पहिलो पटक डिजे नानाले बेलुनमा प्रस्तुति दिएको जानकारी गराउनुुभयो ।