२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता

२५ वर्षमुनिका लेखकलाई नेपालयको खुला आह्वान

२५ वर्षमुनिका लेखकलाई नेपालयको खुला आह्वान
अ अ+ अ-

काठमाडौं: नेपाली प्रकाशनको फाँटमा नवीनताको पाटो उघार्दै ‘पल्पसा क्याफे’ उपन्यासमार्फत उदाएको पब्लिकेसन नेपालय २० वर्ष पुगेको छ । यो लामो यात्रापछि अब फेरि यस प्रकाशन गृहले नयाँ पुस्ताबीचबाट नयाँ सम्भावनाहरूको खोजी, संवर्धन र तिनको विकासमा आफूलाई संलग्न गराउने जमर्को गरेको छ ।

नयाँ वर्षको आगमनसँगै ‘२०२५ मा २५ का २५’ मन्त्र बोकेर यो आह्वानको थालनी हुन लागेको हो । यसअन्तर्गत यसै वर्ष पब्लिकेसन नेपालयले संसारभरि फैलिएका २५ वर्ष वा त्योभन्दा कम उमेरका नेपाली तन्नेरीहरुको फरक विधाका तीनवटा पुस्तक प्रकाशन गर्ने घोषणा गरेको छ । पुस्तकहरु कथा, कविता र निबन्ध विधाका हुनेछन् ।

यसका लागि ‘एक्काइसौं शताब्दी के सोचिरहेको छ रु के लेखिरहेको छ रु’ भन्ने प्रश्नमा केन्द्रित रही वर्तमान सहस्राब्दीमा जन्मेका लेखकहरुलाई पब्लिकेसनले खुला आह्वान गरेको छ ।

‘सन् २००० लागेयता जन्मेका जोसुकै नेपाली, नेपाली मूल वा नेपाली भाषी युवा पुस्ताले तीनवटै विधामा आफूलाई सरिक गराउन सक्छन्,’ पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्य भन्छन्, ‘लेखकहरूले नेपाली, नेपालभित्र बोलिने जुनसुकै भाषा वा अंग्रेजीमा आफ्ना सामग्री तयार पार्न सक्छन् ।’

त्यसैगरी लेखकहरु जुनसुकै शीर्षक, विषय, शैली वा लयमा लेख्न स्वतन्त्र रहनेछन् ।

तीन विधामध्ये निबन्धका हकमा यो आफैँमा बन्धनरहित खुला विधा भएकाले यसमा निबन्ध, प्रबन्ध, संस्मरण, यात्रा, जीवनी, प्रोफाइल, फिचर, मनोवाद, हास्य, व्यंग्य, टिप्पणी, ओपेड, कसैलाई सम्बोधन, समीक्षा, भावना, कल्पना, धारणा, सपना, प्रभाव, मिथक, श्रुति आदि सबैखाले रचना स्वीकार्य हुनेछन् ।

हालसम्म कुनै पनि माध्यमबाट सार्वजनिक नभएका त्यस्ता रचनाहरु बढीमा २५ सय शब्दको हुनुपर्ने प्रावधान राखिएको छ । त्यसैगरी ‘आर्टिफिसियल इन्टेलिजेन्स’को प्रयोग गरेर तयार पारिएको कुनै पनि लेख वा रचना यो प्रतिस्पर्धाका लागि अमान्य हुनेछ ।

तयार रचनालाई २०२५ को फेब्रुअरी २५ तारिखभित्र पब्लिकेसन नेपालयको वेबसाइट www.publicationnepalaya.com मार्फत समाविष्ट गर्न सकिन्छ । वेबसाइटमै त्यसका लागि फारम राखिएको छ ।

लामो र भारीभरकम भन्दा पनि रसिलो–कसिलो, सरल–तरल, शुद्ध–चुस्त अनि छोटो– छरितो रचना छनौटमा पर्ने सम्भावना बढी रहेको जानकारी पनि पब्लिकेसनले दिएको छ ।

यसरी प्राप्त भएका रचनाहरुलाई लेखकहरू श्रवण मुकारुङ, भूषिता वशिष्ठ र नारायण वाग्ले सम्मिलित निर्णायक समितिले २५ वटाका दरले छनौट गर्नेछ । तत्पश्चात् छनौटमा परेका लेख–रचनाहरू विधागत हिसाबले तीनवटा फरक फरक पुस्तकका रुपमा सन् २०२५ भित्रै पब्लिकेसन नेपालयले प्रकाशन गर्नेछ । पुस्तकमा अटाएका प्रत्येक लेखकलाई पब्लिकेसनको नियमअनुसार रोयल्टी प्रदान गरिनेछ भने केही लेखकसँग पुस्तक प्रकाशनका लागि सम्झौता पनि गरिनेछ ।

लेखकको योग्यता भनेकै केवल उनको जन्म सन् २००० को जनवरी १ तारिख वा त्यसभन्दा पछि भएको हुनुपर्नेछ । त्यसका लागि जन्ममिति खुल्ने तस्बिरसहितको कुनै पनि परिचयपत्र संलग्न गरी पठाउनुपर्ने हुन्छ ।

‘हामीले आफ्ना प्रकाशन र त्यसको प्रवर्द्धनमा नवीनतालाई सदैव प्राथमिकतामा राख्दै आएका छौं,’ नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यो अभियान नयाँ पुस्तामा सम्भावना बोकेर बसेका लेखकहरू कुनै कारणवश अगाडि आउन सकिरहेका छैनन् भने उनीहरुसम्मै पहुँच बनाउने प्रयासको सुरुवात हो ।’