काठमाडौं । नेकपाको सचिवालय बैठक भोलि शनिबार बस्ने भएको छ । शुक्रबार दुई अध्यक्षदयको भेटमा शनिबार अपराहृन ४ बजे सचिवालय बैठक बोलाउने सहमति भएको हो ।
नेकपा स्रोतका अनुसार शुक्रबार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार अपराहृन ४ बजे सचिवालय बैठक बोलाउने सहमति भएको हो । बैठकमा बिहीबार भएको राजनीतिक नियुक्तिबारे समेत छलफल हुने स्रोतको दावि छ ।
सरकारले बिहीबार डा. युवराज खतिवडालाई अमेरिका, लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो भने शंकरदास बैरागीलाई मुख्य सचिव नियुक्त गरेको थियो ।