७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग

बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
अ+ अ-

बुटवल (झुम्सा) : खानेपानीमन्त्री प्रदीप यादवले बुटवलको झुम्सा खोला खानेपानी आयोजना यथाशिघ्र निर्माण सम्पन्न गरी बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।

आज बुटवल खानेपानी सुधार आयोजना अन्तर्गत नेपाल खानेपानी संस्थानबाट निर्माण भइरहेको झुम्सा खोला खानेपानी आयोजनाको बाध स्थलको प्राविधिक टोली सहित स्थल गत निरीक्षण गर्नु हुँदै मन्त्री यादवले सो कुरा बताउनु भएको हो ।

मन्त्री यादवले भन्नुभयो, “झुम्सा खोला खानेपानी आयोजना यथाशिघ्र निर्माण सम्पन्न गरी यहाँका नागरिकहरुलाई शुद्ध अनि सफा पानी खुवाउने सरकारको लक्ष छ । सोही अनुसार काम भईरहेको छ । बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ ।”

उक्त आयोजनाका विषयमा आज सरोकारवालसँग बिस्तृत छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्नु हुँदै मन्त्री यादवले खानेपानी सम्बन्धि नागरिकका समस्या समाधानका लागि आफु हर समय प्रतिबद्ध एवं कटिबद्ध रहेको समेत विश्वास दिलाउनु भयो ।

बुटवलमा दैनिक तीन करोड लिटर खानेपानीको माग रहे पनि अहिले जम्मा दुई करोड २५ लाख लिटर पानी वितरण हुँदै आएको र झम्सा परियोजना पूरा भएमा बुटवल उपमहानगरपालिकाका सबै वडामा २४ सै घण्टा शुद्ध खानेपानी उपलब्ध हुने मन्त्री यादवले दाबी समेत गर्नुभयो ।

झुम्साबाट तीन करोड २० लाख लिटर पानी थप गरी करिब तीन लाख जनसङ्ख्या लाभान्वित हुने गरी दैनिक करिब पाँच करोड ९० लाख लिटर पानी उत्पादन तथा वितरण गर्ने लक्ष्य राखिएको सो कार्यक्रममा मन्त्री यादवले जानकारी समेत दिनुभयो ।

करिब रु छ अर्वको लगानीमा झुम्सा खानेपानी आयोजना सुरु भएको झण्डै तीन दशक पुग्न लागेको बताइएको छ । बिसं २०५२/०५३ मा पाल्पाको सिस्ने खोलाबाट बुटवलमा पानी ल्याउने योजनासहित झुम्सा खानेपानी आयोजना सुरु भएको नेपाल खानेपानी संस्थानले जनाएको छ ।

सुरुमा केही वर्षको प्रयासका बाबजुद आयोजना असफल भएपछि फेरि बिसं २०६४ सालमा झुम्साभन्दा परबाट खानेपानी ल्याउने भन्दै काम सुरु गरिएको नेपाल खानेपानी संस्थानका निमित्त महाप्रबन्धक त्रिदिपकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सो अवधिमा खानेपानीको मुहानमा निर्माण गरेको ट्याङ्की नै खोलाले बगाएपछि समस्याभयो । पछिल्लो समय बिसं २०७७ सालमा शिलान्यास गरेको झुस्सा खोलाको काम अहिले सुचारु अवस्थामा रहेको छ ।”

झुम्सा खोलामा बाँध निर्माण गरी ट्रष्ट पुल बनाउने र पाइप बिछ्याएर पानी ल्याउने तथा दोस्रो चरण अन्तर्गत बुटवल–३ स्थित राम फेदीमा पानी प्रशोधन प्लान्ट बनाउने र भण्डारण ट्याङ्की बनाएर पानी वितरण गरिने खानेपानी संस्थानले जनाएको छ ।

आज गरिएको सरोकारवालसँग बिस्तृत छलफल तथा अन्तरक्रिया कार्यक्रममा लुम्बीनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरी, तिनाउँ गाउँपालिका पाल्पाका अध्यक्ष प्रेम श्रेष्ठ, नेकपा ९एमाले० का जिल्ला अध्यक्ष यज्ञ गैरे, एमाले पार्टी सहसचिव बाबुराम पन्थीको सहभागिता रहेको थियो ।

कर्मचारीका तर्फबाट मन्त्रालयमा सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, मन्त्रालयका सहसचिव रमाकान्त दुवाडी, सहसचिव राजेन्द्र सापकोटा, खानेपानी संस्थानका अध्यक्ष गुणाकर भुसाल, निमित्त महाप्रवन्धक त्रिदिपकुमार श्रेष्ठ, इञ्जिनियरिङ महाशाखा प्रमुख निरन मर्हजन, प्रधान कार्यालयका प्रमुख बुद्धरत्न मर्हजन, मोहनदत्त भट्ट, आयोजना प्रमुख मन्दिप श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।