काठमाडौ । पाँच नम्बर प्रदेश को राजधानी दाङ्गको भालुवाङमा राख्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सहमति जुटेको छ ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकल दहाल बीच सहमति पनि दाङको भालुवाङमा प्रदेश राजधानी राख्ने सहमति भएको हो ।
शिर्ष तहमा भएको सहमति अनुसार आगामी अधिबेशनबाट निर्णय हुने जनाइएको छ ।
यसअघि शुक्रबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने र नाम लुम्बिनी राख्ने प्रस्ताव पारित गरेको थियो ।