१७ श्रावण २०८३, आईतवार
,
Latest
मिसन एशियन गेम्सः आगामी पुस्तालाई प्रोत्साहित गर्न जुट्दै स्केटर शरद र गजेन्द्र ‘ब्रड पिक’ हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुःखद अन्त्यः महासचिव पोखरेल सुनचाँदीको मूल्य घट्यो लुम्बिनीमा गहुँको छालिबाट कलात्मक सामग्री निर्माण तालिमः खेर जाने वस्तुबाट आत्मनिर्भर बन्दै स्थानीय महिला देशमा अब धार्मिक द्वन्द्व देखिनु हुँदैन,सबै मिलेर बस्नुपर्छः गृहमन्त्री इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी ब्रड पिक हिमपहिरोमा निधन भएका ६ नेपालीप्रति एमालेद्वारा श्रद्धाञ्जली  नक्कली उत्पादन बिक्री–वितरण रोक्न मन्त्री यादवको निर्देशन, सयभन्दा बढी शंकास्पद वस्तु नियन्त्रणमा लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ सिरहाको गोलबजारमा कर्फ्यु खुकुलो, बिहान १० बजेदेखि साँझ ७ बजेसम्म आवतजावत खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहलीले अझै ३–४ वर्ष खेल्न सक्छन्ः शास्त्री



अ+ अ-

एजेन्सी । भारतका पूर्व प्रशिक्षक रवि शास्त्रीले विराट कोहलीसँग अझै ३–४ वर्षको क्रिकेट बाँकी रहेको विश्वास व्यक्त गरेका छन् ।

यस्तै, कप्तान रोहित शर्माले टेस्ट फर्म्याटमा फर्म र टेकनिक अभावका कारण अस्ट्रेलिया सिरिजपछिको भविष्यबारे सोच्नुपर्ने शास्त्री बताउँछन् ।

सोमबार मेलबर्न टेस्टमा भारतीय टोली १८४ रनले पराजित भएको थियो । दोस्रो इनिङ्समा कप्तान रोहित शर्माले ९ रन र विराट कोहलीले ५ रन मात्र बनाउन सके । यो वर्ष दुवै खेलाडीको फर्म खराब रह्यो ।

भारतका सिनियर ब्याट्सम्यान रोहित र कोहली लगातार खराब फर्मसँग संघर्ष गरिरहेका छन् । रोहितले पाँच इनिङ्समा ३१ रन मात्र बनाएका थिए, उनले एक पटक मात्र दोहोरो अंक छुन सके ।

सिरिजमा उनको स्कोर ३, ६, १०, ३ र ९ थियो । यस अवधिमा उनको औसत ६.२० मात्र रहेको छ । यति मात्र होइन, यो अस्ट्रेलिया भ्रमणमा कुनै पनि कप्तानको सबैभन्दा कम औसत हो ।

पर्थ टेस्टमा शतक बनाए पनि कोहली अफ स्टम्प बाहिरका बलमा लगातार आउट भइरहेका छन् । सिरिजमा उनको स्कोर ५, १००, ७, ११, ३, ३६ र ५ छ । शास्त्रीले स्टार स्पोर्ट्ससँग भने, ‘मलाई लाग्छ कोहलीले आगामी तीन वा चार वर्ष क्रिकेट खेल्न सक्छन्, उनको टेकनिकमा खासै कमजोरी छैन ।’

शास्त्रीले थप भने, ‘विराटले अफ स्टम्पबाहिर ड्राइभ गर्न छोडेका छैनन् । हामी सबै उनको अनुशासनको कुरा गर्छौं, उसले त्यो अनुशासन किन मैदानमा ल्याउन सक्दैन ?’