२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

दूधले नुहाउने गर्थे रवि किशन



अ+ अ-

एजेन्सी । अभिनेता रवि किशन शुक्ला बलिउडको कल्ट क्लासिक फिल्म ग्याङ्ग्स अफ वासेपुरको हिस्सा बन्न सक्दथे । तर एक शौखका कारण उनीबाट यो फिल्म खोसियो ।

वास्तवमा रवि किशनलाई दूधले नुहाउने बानी थियो । फिल्म निर्देशक अनुराग कश्यपले उनको यस्तो खर्च वहन गर्न नसक्ने बताए ।

साथै, केही व्यक्तिले अनुरागलाई अभिनेताविरुद्ध उक्साएका थिए, जसका कारण उनीबाट फिल्म खोसिएको थियो ।

युट्युबर शुभंकर मिश्रालाई दिएको अन्तर्वार्तामा रवि किशनले आफूलाई फिल्म अफर गरिएको तर भूमिकाको बारेमा कुनै जानकारी नपाएको बताए ।

उनले थप भने– ‘म दूधले नुहाउने गर्थे । मलाई रमाइलो लाग्थ्यो । यो कुरा अनुराग कश्यपलाई कसैले बताए । म पागल हुँ, त्यसैले म कलाकार हुँ । म सामान्य मान्छे भए अफिसमा काम गर्छु र टिफिन लिएर काममा जान्छु । मेरो मागअनुसार बजेट नभएकाले फिल्म गुमाउनुपर्यो । कसैले मेरो बारेमा अरु हल्ला पनि फैलाए । त्यो फिल्ममा काम गर्ने सबै आक्रोशित थिए ।’

रवि किशनले आफ्नो शौखको बारेमा कुरा गरेको यो पहिलो पटक भने होइन । केही समयअघि उनले आपको अदालतमा भनेका थिए– ‘म दूधले नुहाएर गुलाबको फूलमा सुत्ने गर्थे । मलाई लाग्यो कि म एक अभिनेता हुँ र यो सबै महत्त्वपूर्ण छ । मलाई लाग्थ्यो दूधले नुहाउने हो भने दुधले नुहाउँछ भन्ने चर्चा हुन्छ ।’

अनुराग कश्यप र रवि किशनले फिल्म मुक्काबाजमा सँगै काम गरेका थिए । तर, अनुराग कश्यपको बयानका कारण दुवैबीच विवाद सुरु भयो ।