२९ भाद्र २०८३, सोमबार
,
Latest
देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकाको लागि नेपाली राजदुतमा पूर्णबहादुर नेपाली सर्वसम्मत अनुमोदित



अ+ अ-

काठमाडौँ । श्रीलंकाको लागि नेपाली आवासीय राजदुतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मत अनुमोदन भएको छ ।

आईतवार सिंहदरबारमा बसेको संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले नेपालीलाई श्रीलंकाको आवासीय राजदुत र माल्दिभ्सको लागि गैरआवासीय राजदुतमा अनुमोदन गरेको हो ।

बैठकपछि समिति सभापति ईश्वरीदेवी न्यौपानेले समितिले सर्वसम्मत रुपमा नेपालीको नाम अनुमोदन गरेको बताउनु भयो । सरकारले गत मंसिर १६ गते नेपालीलाई प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाका लागि नेपालको आवासीय राजदुत र गणतन्त्र माल्दिभ्सको गैरआवासीय नेपाली राजदुत पदमा प्रश्ताव गरी पठाएको थियो ।

समितिले राज्यका कुनैपनि निकायमा सिफारिस गर्दा समावेशीतामा ध्यान दिन आग्रह समेत गरेको छ । समितिले राजदुतमा सिफारिस गर्दा समावेशी बनाएको भन्दै सरकारलाई धन्यवाद समेत दिएको छ ।