२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल अर्थोपेडिक्स अस्पतालको नि:शुल्क स्वास्थ्य शिविर



अ+ अ-

काठमाडौं । नेपाल अर्थोपेडिक अस्पतालको संयोजन र फ्रन्टलाइन अस्पताल तथा दावाली मिलन क्लबको सहकार्यमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

काठमाडौँको शान्तिनगरमा रहेको सिद्धेश्वर माध्यामिक विद्यालयमा शनिबार नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा अस्पतालले जनरल मेडिसिन, जनरल सर्जरी, पेट तथा कलेजो रोग, हाड जोर्नी तथा नशा रोग, नाक, कान घाँटी रोग, प्रसूति रोग, छाला रोग, क्यान्सर रोग, आँखा रोग, मुटु रोग, मुख तथा दाँत रोग, बाल रोगको सेवाहरू उपलब्ध गराइएको अस्पतालका निर्देशक एवं कार्यक्रममा संयोजक डा कैलाशकुमार भण्डारीले बताउनुभयो ।

डा भण्डारीले नयाँ वर्षमा नयाँ काम गरौँ र समाजलाई सहयोग गरौँ भन्ने भावनासहित शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँले सुकुम्बासी र निम्न वर्गका नागरिकका लागि समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्न शिविर सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँले महिनामा दुईपटक शिविर सञ्चालन गर्ने जानकारी पनि दिनुभयो ।