२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ऊर्जा क्षेत्रको बजेटले समस्या समाधानको सङ्केत गरेको छ : चेम्बर अध्यक्ष लुम्बिनी प्रदेश अधिवेशनको निर्वाचन समितिमा राहुल केसी नियुक्त सुनचाँदीको मूल्य बढ्यो कालीकोटमा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण सुरू ऊर्जा क्षेत्र अझै अप्ठ्यारो अवस्थामा, वनमा ३८ बढी आयोजना अड्किएको इप्पान अध्यक्ष कार्कीको गुनासो विद्युत व्यापार र वितरणमा निजी क्षेत्रलाई खुला गर्न आचार्यको माग ऊर्जा क्षेत्रमा इतिहास रच्ने अवसर मन्त्री श्रेष्ठलाई छः इप्पान अध्यक्ष कार्की औद्योगिक क्षेत्रको भाडा विवाद चर्कियो, उद्योगीहरू पुनः अदालत जाने विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित हुम्ला अस्पतालमा किशोरकिशोरी–मैत्री सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रवासी नेपालीद्वारा म्याग्दीको दुई विद्यालयलाई कम्युटर सहयोग



default
अ+ अ-

म्याग्दी । प्रवासी नेपालीले म्याग्दीको दुई विद्यालयलाई रु छ लाख पचास हजार मूल्य बराबरको सूचना प्रविधिका सामग्री उपलब्ध गराएका छन् ।

अमेरिकास्थित वाल्टिमोरमा बसोबास गर्ने नेपाली आवद्ध लायन्स क्लव अफ वाल्टिमोर नेप्लिजले बेनी नगरपालिका–८ कालिपुलको बालमन्दिर माध्यमिक र वडा नं। २ बगरफाँटको सरस्वती आधारभूत विद्यालयलाई कम्प्युटर उपलब्ध गराएका हुन् ।

सरस्वती आधारभूत र बालमन्दिर माविको अवस्थाका विषयमा अमेरिकामा क्लवले आयोजना गरेको वृत्तचित्रको विशेष प्रर्दशनी ‘च्यारिटी सो’ मार्फत सहयोग जुटाएर सहयोग गरिएको लायन्स क्लव अफ बाल्टिमोरका अध्यक्ष बैकुण्ठमान श्रेष्ठले बताउनुभयो ।

क्लवले नौ थान कम्प्युटर उपलब्ध गराएको बालमन्दिर माविमा इन्टरनेट जडान, पुराना कम्प्युटर र विद्युत मर्मत, रंगरोगन र सन्देशमुलक चित्र सहित रु। पाँच लाख ५० हजार मूल्य बराबरको सामग्री उपलब्ध गराएको छ ।

सरस्वती आधारभूतलाई रु। एक लाख मूल्य बराबरको दुई थान कम्प्युटर र एक थान रंङ्गिन प्रिन्टर सहयोग गरेको छ । क्लवका अध्यक्ष श्रेष्ठले आज बेनी नगरपालिकाका प्रमुख सुरत केसी, बेनपा–८ का अध्यक्ष उत्तम कर्माचार्य मार्फत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रअलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

यसैगरी सरस्वती आधारभूतको कक्षा ६ की छात्रा सृष्टि विकलाई रु. ३० हजार र बालमन्दिर आधारभूतको कक्षा ८ का रिजन बिक र कक्षा ५ की सोनिया क्षेत्रीको पठनपाठनका लागि रु। १५/१५ हजार सहयोग गरेको छ ।

अमेरिकामा रहेका बालमन्दिर माविका पुर्व विद्यार्थी प्रेम चर्माकार र लायन्स क्लव अफ बेनी लभ्लिहिलको समन्वयमा विद्यालयलाई प्रविधीका सामग्री सहयोग गरिएको हो । कम्प्युटर र शैक्षिक सामग्रीले विद्यालयको पठनपाठन तथा प्रशासनिक काममा प्रबिधीको प्रयोग गर्न सहयोग पुगेको बालमन्दिर माविका प्रअ सुरेन्द्र केसीले बताउनुभयो ।