३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बराहक्षेत्र मन्दिर परिसर बाढीको जोखिममा



अ+ अ-

धरान, (सुनसरी) । जिल्लास्थित बराहक्षेत्र नगरपालिका–१ स्थित रहेको प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्र मन्दिर परिसर र बस्ती बाढीको उच्च जोखिममा परेको छ । हिन्दू धर्मशास्त्र र किरात मुन्दुमले समेत मानव सभ्यताको सुरुआत भएको आदिम तीर्थस्थलका रूपमा रहेको सप्तकोशी नदी किनारस्थित बराहक्षेत्र मन्दिर बाढीको उच्च जोखिममा परेको भन्दै स्थानीय चिन्तित बनेका हुन् ।

गत असोजमा आएको बाढीले जिल्लाको प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्र मन्दिर परिसर र आसपासका बस्ती उच्च जोखिममा परेको भन्दै स्थानीय रविनकुमार श्रेष्ठले चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आउँदो बर्खामा मन्दिर र वरपरका बस्ती रहने हो कि नरहने हो थाहा छैन ।”

गत असोजमा आएको बाढीले मन्दिर परिसरका बराह श्राद्धस्थल, शनि मन्दिर, गणेश मन्दिर, अमरनाथ मन्दिर, साकेला पार्कलगायत शौचालयमा क्षति पुर्‍याएको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

“क्षति पुगेका केही शौचालय र मन्दिरलाई मर्मतसम्भार गरिए पनि दिगो तटबन्ध हुन नसक्दा बस्ती उच्च जोखिममा छ । धार्मिक तीर्थाटनलाई अभिवृद्धि गर्न बलियो तटबन्ध निर्माण गरेर धार्मिक पर्यटनसँग जोड्नेमा स्थानीय सरकारले पहल गरिरहेको छ”, उहाँले भन्नुभयो ।

बाढी आएर कटान गरेकाले बराहक्षेत्र मन्दिर परिसरका ५५ भन्दा बढी परिवार उच्च जोखिममा परेका नगरप्रमुख कार्कीले जानकारी दिनुभयो । कोशीमा आउने पानीको बहावले भेट्ने ठाउँ बढी भएकाले कम बजेटले तटबन्ध लगाउन नसकिने भन्दै उहाँले प्रदेश र सङ्घीय सरकारसँग सहयोगका लागि अनुरोध गरिएको बताउनुभयो ।

तीन पुस्तादेखि बसोबास गर्दै आइएको बराहक्षेत्र मन्दिर परिसरको बस्ती स्थानान्तरण गरी विकास गर्ने विषयमा सरोकार भएका निकायले ध्यान दिनुपर्ने आवश्यकता रहेको बराहक्षेत्र खानेपानी उपभोक्ता समितिका अध्यक्षकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले विकास भन्दा पनि कसरी संरक्षण गर्ने भन्ने महत्वपूर्ण विषय हो । सबै राजनीतिक दल, स्थानीय प्रतिनिधि, सरोकार भएका निकायले सहकार्य र समन्वय गरी यो पुण्यभूमि बचाउनतिर लाग्नुपर्छ ।”

नदी किनारमा रहेको मन्दिर परिसरमा चेकड्याम (तटबन्ध) निर्माण गरी सुरक्षा गर्न मन्दिर गुठी व्यवस्थापन समितिले रु छ लाख खर्च गरेर गुरूयोजना बनाएको छ । गुरूयोजनामा तटबन्ध निर्माणदेखि पार्क, गौशाला र स्नान घाटलगायत योजना समावेश गरिएको समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले जानकारी दिनुभयो । रासस