२८ मंसिर २०८२, आईतवार
,
Latest
पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाली मिडियाले कोहलीलाई जोकर भनेपछि…



अ+ अ-

एजेन्सी । मेलबर्न टेस्टमा डेब्यु खेलाडी साम कोन्स्टाससँग भिडन्त भएपछि अष्ट्रेलियाली मिडियाले विराट कोहलीको खिल्ली उडाएको छ ।

वेस्ट अस्ट्रेलियाको अखबारले शुक्रबार आफ्नो ब्याकपेजमा विराट कोहलीलाई जोकरको रूपमा देखाउँदै क्लाउन कोहली अर्थात् जोकर कोहली भनेर सम्बोधन गरेको थियो ।

अखबारले भन्यो कि आफ्नो ड्रिम डेब्यू गर्ने केटासँग भारतीय कायर ठोक्किए, जसको लागि उसलाई सजाय मिल्यो ।

एक पत्रिकाले कोहलीलाई कोन्स्टासको भिडन्तपछि लगाइएको जरिवाना पनि कम भएको बताएको छ ।

मेलबर्न टेस्टको पहिलो दिन अस्ट्रेलियाका लागि १९ वर्षीय ओपनर साम कोन्स्टासले डेब्यु गरेका छन् । कोन्स्टासले डेब्यु खेलमा अर्धशतक बनाएका थिए । यसै क्रममा कोहलीले उनलाई धक्का दिएका थिए र उनीसँग झगडा पनि गरेका थिए ।

यसपछि आईसीसीले कोहलीको म्याच फी २० प्रतिशतले घटाएको थियो । एक डिमेरिट पोइन्ट पनि दिइएको थियो ।