३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड

विदाको दिनमा पनि राहदानी बनाउनेको भीड, अत्यावश्यक हुनेले मात्रै आवेदन दिन विभागको आग्रह

विदाको दिनमा पनि राहदानी बनाउनेको भीड, अत्यावश्यक हुनेले मात्रै आवेदन दिन विभागको आग्रह
अ+ अ-

काठमाडौँ: सार्वजनिक विदाको दिनमा समेत राहदानी (पासपोर्ट) विभागमा राहदानी बनाउनेको भीड लागेको छ ।

दक्षिण कोरियामा रोजगारी अनुमति पत्र (इपिएस) को आवेदनको लागि विभागमा ई–पासपोर्ट बनाउने सेवाग्राहीहरुको भीड लागको हो । विभागले सेवाग्राहीको चापलाई मध्यनजर गरेर सार्वजनिक विदाको दिनमा समेत पासपोर्ट वितरण गर्ने व्यवस्था मिलाएको छ । विभागले शनिवार र आईतवार सार्वजानिक विदाको दिनमा समेत बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म राहदानी सेवा दिने व्यवस्था गरेको जनाएको छ । आईतवार बिहानैदेखि राहदानी लिने सेवाग्राहीहरुको विभागमा भीड लागेको छ ।

विभागमा राहदानी बनाउन आएका सेवाग्राहीहरुले समयमा नै राहदानी पाउन नसकेको गुनासो गरेका छन् । विभागले राहदानी सेवा प्रवाहलाई सहज बनाएको दाबी गरेपनि सेवाग्राही तिलकबहादुर घर्ती मगरले भने फास्ट ट्रयाक सेवा पनि प्रभावकारी नभएको गुनासो गनुर्भयो । इपिएस परीक्षाका लागि राहदानी बनाउन रोल्पादेखि काठमाडौं आएको एक साताभन्दा बढी भइसक्दा पनि राहदानी नपाएको उहाँको गुनासो छ । उहाँले शुरुमा आवेदन दिन नै वेबसाईट नखुलेर मुस्किल परेको बताउनु भयो । आवेदन दिएपछि तीन दिनमा राहदानी तयार हुने र एसएमएस आउने भनिएपनि अहिलेसम्म कुनै सन्देश नआएको उहाँको गुनासो छ । राहदानी ढिलो हुँदा इपिएस आवेदनको अन्तिम म्याद गुम्ने जोखिम रहेको भन्दै उहाँले सेवा छिटो र व्यवस्थित बनाउन सरकारसँग आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘इपिएस परीक्षाको लागि पासपोर्ट बनाउन काठमाडौं राजधानी सम्म आइयो । म आएको एक हप्ता जति भइसक्यो, शुरुमै फर्म भर्दाखेरि सर्भर डाउन भएर समस्या परिरहेको थियो । फर्म भर्न नै दुई तीन दिन लाग्यो, बल्ल फर्म भरियो, बिहान ६ बजे देखि लाइन लागेर साझको ५ बजे तिर मैले अप्लाई गरेको थिए, पासपोर्टको लागि । बुधवार अप्लाई गरेको थिए, मलाई तीन दिनपछि आउनु भन्नुभएको थियो । नभए म्यासेज आउँछ, म्यासेज आएपछि आउनु भनेको थियो तर म्यासेज पनि आएको आएकै छैन । अनि तिन दिन भइसक्यो । यो इमरजेन्सीमा २४ आवरमा काम हुनुपर्ने हो । २४ आवर भित्र हुने कामलाई तिन दिन भइरहेको छ, कोहि झन् हप्ता दिनदेखि नै यहाँ धाउनु परिरहेको छ । अहिलेसम्म पासपोर्टको पाएको छैन, दैनिक लाइनमा लाग्नु परेको छ । हाम्रो सरकारको खै के हो ? नीति नै यस्तै हो कि अब कर्मचारीहरुले नै हाम्रो काम ढिलो गरिदिएको हो कि ? जे होस् छिटो हुनुप¥यो । हाम्रो इपिएसको फर्म २० गतेसम्म मात्र छ । यदि २० गते भित्रमा हाम्रो पासपोर्ट हातमा आएन भने त हामीलाई धेरै समस्या पर्छ नि । हाम्रो फर्म छुट्यो भने झन् यो वर्ष त्यत्तिकै वेस्ट भइहाल्छ ।’

राहदानी विभागले पनि नयाँ प्रणालीको स्थिरीकरण र इपिएस आवेदनका कारण एक्कासी बढेको सेवाग्राहीको चापले राहदानी वितरणमा केही समस्या भएको स्वीकार गरेको छ । विभागका निर्देशक दीपक बञ्जाडेकाअनुसार पासपोर्ट अभाव नभएपनि प्रणालीमा प्राविधिक त्रुटी देखिँदा केही सेवाग्राहीले समयमै राहदानी पाउन सकेका छैनन् । उहाँले ‘अर्जेन्ट’ राहदानी सेवा दुई कार्यदिन (४८ कार्यघण्टा) भित्र उपलब्ध गराउने व्यवस्था गरेको बताउनु भयो । उहाँले इपिएस आवेदनका कारण दैनिक हजारौं अतिरिक्त आवेदन परेकाले निर्धारित समयमै सेवा दिन केही चुनौती भएको बताउनु भयो । प्राविधिक त्रुटी देखिएका फाइलमा भने थप एक कार्यदिन लाग्न सक्ने उहाँले जानकारी दिनुभयो । निर्देशक बञ्जाडेले अधिकांश सेवाग्राहीलाई राहदानी तयार भएको वा आवश्यक कागजात अपलोड गर्नुपर्ने जानकारी एसएमएसमार्फत पठाइने गरेको जानकारी दिनुभयो । उहाँकाअनुसार केही दिनअघि एसएमएस सेवा प्रदायक कम्पनीलाई भुक्तानी गर्नुपर्ने रकम सकिँदा केही सेवाग्राहीलाई सन्देश पुग्न सकेको थिएन । तर हाल उक्त समस्या समाधान भईसकेको उहाँले बताउनु भयो ।

बञ्जाडेकाअनुसार केही सेवाग्राहीको राष्ट्रिय परिचयपत्र (एनआईडी) प्रणालीसँगको समन्वयमा समस्या देखिँदा पनि राहदानी प्रक्रिया रोकिएको थियो । त्यसका लागि अहिले विभागमै एनआईडीका कर्मचारी खटाएर समस्या समाधान गर्ने व्यवस्था मिलाएको उहाँको भनाई छ । निर्देशक बञ्जाडेले अत्यावश्यक पर्नेले मात्रै आवदेन दिन पनि सेवाग्राहीलाई आग्रह गर्नुभयो । उहाँले राहदानी अभाव रहेको हल्लाले पनि सेवाग्राहीको चाप बढेको उल्लेख गर्दै राहदानी अभाव नभएको बताउनु भयो । विभागले अर्को सातादेखि एक महिनासम्मका लागि राहदानी आवेदन फारम खुला गरिने तयारी गरेको पनि उहाँले जानकारी दिनुभयो । तत्काल आवश्यकता नभएका सेवाग्राहीलाई केही समयपछि आवेदन दिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पासपोर्ट कुनै कारणले कसैको रिजेक्ट भयो, रिजेक्ट भनेको अर्थ कुनै डकुमेन्ट नपुगेर अपलोड गर्नुपर्ने भएमा सेवाग्राहीलाई मेसेज जान्छ । अनि अर्को पासपोर्ट बनिसकेपछि तपाईंको पासपोर्ट तयार भयो, भन्ने खालको मेसेज जान्छ । तर बीचमा मेसेज गएको रहेनछ,  हामीले मेसेज पठाउनलाई सम्झौता गरेका हुन्छौँ, सम्झौता अनुसार पैसा तिर्नुपर्ने पैसा सकिएको बेला एकदिन म्यासेज नगएको रहेछ, त्यसले पनि केही सेवाग्राहीलाई अलि असर गरेको रहेछ । हामीले त्यसको समाधान गरिसकेका छौँ । अब खासगरी अर्जेन्ट राहदानी बनोन टु वोर्किङ्ग डेज हो । तर मान्छेको बुझाईमा आजको अर्जेन्ट अहिले नै अथवा आजको बढीमा भोलि भन्ने रहेछ, हाम्रो एकदम नर्मल चल्दाखेरी थोरै मान्छे फर्म भर्दाखेरी त्यो पनि सम्भव छ, बिहान पेस गरेर बेलुका दिन त्यो पनि सम्भव छ तर अहिले इपिएसको कारणले तीन–चार हजारले फर्म भरेका छन् । त्यो भएर अहिले ठ्याक्कै आजको भोलि अथवा आजको आज गर्न सम्भव छैन, टु वोर्किङ्ग डेज पनि हामीलाई एकदम टाइटको अवस्था हो । केही इरर आउँदाखेरि अझै वान वोर्किङ्ग डे एक्स्ट्रा लाग्नसक्छ । प्रायजसो मान्छेले अहिले पासपोर्ट क्राइसिस छ कि भनेर दुई–तीन महिना पछि एप्लाई गर्न चाहने पनि अहिल्यै आईरहेका छन् । अब अर्को हप्ता देखि हामीले फुल फ्लेज पहिला जस्तै एकदम लङ टर्मको लागि फर्महरु खोल्दैछौँ, सबैतिर फर्म खुल्छ, अहिले चाहिँ राइट नेक्स्ट डे को अघिल्लो दिन फर्म खुल्थ्यो । तर नेक्स्ट विक देखि चाहीँ लगभग एक महिनाको हामीले फर्म खोल्ने प्लान गरिराखेका छौँ, भनेको अर्थ हामीसँग त्यस्तो कुनै क्राइसिस छैन । अब यो इपिएस हप्ता सकिएपछि अवस्था सामान्य हुन्छ, यो हप्ता चाहीँ खास इपिएस कारणले जो इमर्जेन्सी छ, एकदम अप्ठ्यारो छ उहाँले एप्लाई गर्नु नत्र भने अलि एक हप्ता पछि नै प्लान गर्दा बेटर होला ।’

विभागले हाल दैनिक एक हजार ५ सय राहदानीको छपाई गरि वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ । इपिएस आवेदनलाई लक्षित गरेर विभागले साउन १४ गतेदेखि २२ गतेसम्म दुई सिफ्टमा राहदानीको आवेदन तथा वितरण गर्ने व्यवस्था मिलाएको छ । विभागकाअनुसार पहिला सिफ्ट विहान ७ देखि दिउसो २ बजेसम्म र दोस्रो दिउँसो २ बजेदेखि ९ बजेसम्म सञ्चालन भइरहेको छ । शनिवार र आईतवार सार्वजानिक विदाको दिनमा समेत विहान १० बजेदेखि बेलुका ४ बजेसम्म सेवा प्रवाह गरिरहेको विभागले जनाएको छ । –न्युज एजेन्सी नेपाल