१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निश्चित योग्यता पुगेका व्यक्तिले मात्रै हिमाल चढ्न पाउने व्यवस्था गर्छौंः मन्त्री पाण्डे



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकार पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा भएका कमी, कमजोरीहरुलाई सच्याउँदै अघि बढ्ने दिशामा रहेको बताउनुभएको छ ।

बिहीवार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । सहुलियतपूर्ण हवाई यातायात सञ्चालनका सरकारले बनाएको कार्ययोजना पूर्णरुपमा कार्यान्वयन गर्न नसकिएको उहाँको स्विकारोक्ति छ । उहाँले हवाई यातायात सहज बनाउनका लागि सरकारले बनाएको कार्ययोजनाको समिक्षा गर्दै मन्त्रालय अन्तसम्बन्धित निकायहरुलाई कार्यान्वयनका लागि आवश्यक निर्देशन दिने बताउनु भयो । उहाँले देशभरको हवाई यातायात सञ्चालनको लागि भएका कमि कमजोरीहरुलाई सच्याउँदै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विमानस्थल सञ्चलानका सन्दर्भमा थुप्रै चुनौतिका बाबजुद पनि सरकारले पोखरा र भैरहवाको विमानस्थल सञ्चालन गर्ने सन्दर्भमा कार्ययोजना बनायो । सहुलियतपूर्ण हवाई यातायात सञ्चालनका निम्ति कतिपय निकायबाट कार्ययोजनाअनुसार कामहरु भएका छन् भने कतिपय निकायहरुबाट भएको देखिँदैन । हुन बाँकी छन् । अब हामीले कार्यायोजना कार्यान्वयनको समिक्षा गर्दै सबै मन्त्रालय अन्तरसम्बन्धित निकायहरुलाई कार्ययोजनालाई अक्षरसः पालना गर्न र त्यहाँको हवाई यातायात सञ्चालनको लागि भएका कमी,कमजोरीहरुलाई सच्याउने दिशामा हामी अगाडि बढ्छौं ।’

उहाँले निश्चित योग्यता पुगेको मान्छेले मात्र हिमाल आरोहण गर्न पाउने व्यवस्था गर्नुपर्ने बताउनु भयो । हिमाल आरोहणका क्रममा विभिन्न जोखिमहरुको सामना गर्नुपर्ने भइरहेको उल्लेख गर्दै उहाँले यस्तो प्रवन्ध गर्नेतर्फ आफ्नो ध्यानाकर्षण भएको बताउनु भयो । उहाँले निजी क्षेत्रले निश्चित क्षेत्रसम्म मात्र हेलिकप्टर संचालन गर्न पाउने गरी क्यानले काम गर्नुपर्ने बताउनु भयो । उहाँले निजी क्षेत्रका हेलिकप्टर कम्पनीहरुलाई मर्जर गर्दै लैजानुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘एउटा निश्चि योग्यता पुगेको मान्छेले मात्र हिमाल चढ्न पाउने प्रवन्धलाई व्यवस्था गरियो भने त्यहाँ अरु ठूलो जोखिमको स्थिति रहन्न । त्यो कुरामा हामीले ध्यान दिनुपर्छ । हेलिकप्टरको यात्राले हाम्रो एड्भेन्चरलाई खण्डित गरेको देखिन्छ । निजी क्षेत्रसँग हेलिकप्टर हुनु सबल पक्ष भएको विदेशीहरुले समेत बताउँदै आउनुुभएको छ । नीजि क्षेत्रहरुले निश्चित क्षेत्रसम्म मात्र हेलिकेप्टर सञ्चालन गर्ने उहाँहरुले गरेको वायु र ध्वनी प्रदुषणलाई नियन्त्रण र नियमन गर्ने यो काम क्यानले गर्छ । त्यो गर्ने दिशामा जानुपर्दछ । हेलिकेप्टर कम्पनीहरुलाई सोच विचार गरेर स्विकृति दिने र स्विकृति पाइसकेका कम्पनीहरुलाई पनि मर्जरको दिशामा लैजानेबारे सोचिरहेका छौं ।’

उहाँले हवाई यातायातलाई पर्यटन व्यवसायसँग जोड्दै अघि बढ्नुपर्ने बताउनु भयो ।