१२ पुष २०८१, शुक्रबार
,
Latest
दशगजा वारिपारि पहेँलपुर तोरीबारी खाँदबारी–किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह अमिताभ बच्चनलाई एटीएम कार्ड प्रयोग गर्न आउँदैन प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको सपथ मेलबर्न टेस्टः भारत फलोअनको खतरामा अस्ट्रेलियाली मिडियाले कोहलीलाई जोकर भनेपछि… नौ रुपैयाँको नुन किन्न पच्चिस सय खर्च सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन पनि बयान जारी श्रीलंकाका लागि प्रश्तावित राजदुत नेपालीको संसदीय सुनुवाई सम्पन्न गर्न प्रश्तावित कार्यतालिका परिमार्जनसहित पारित भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी ठगी प्रकरणः रवि लामिछानेसहित ७ जनालाई अदालत उपस्थित गराइयो



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित सात जनालाई अदालत उपस्थित गराइएको छ ।

सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लिला पछाईं, पूर्वसञ्चालक समिति सदस्य कृष्ण गुरूङ, पूर्वकोषाध्यक्ष आरती गुरूङ र पूर्वसञ्चालक समिति उपाध्यक्षसमेत रहेकी पूर्वसांसद मीना गुरूङलाई अदालत उपस्थित गराइएको हो ।

हालसम्म छविलाल जोशीको बयान सकिएको छ भने लीला पछाईको बयान जारी रहेको छ । लीलाको बयान सकिएपछि रविको बयान सुरु हुने जिल्ला अदालत कास्कीले जनाएको छ । पूर्वकोषाध्यक्ष आरती र पूर्वसांसद मीना भने मंगलबार मात्रै पक्राउ परेका हुन् ।

न्यायाधीश नीतिज राईको इजलासमा उनीहरुको बयान जारी छ । उनीहरमाथि सहकारीको १ अर्ब ५१ करोड रुपैयाँ अपचलन भएको भन्दै बिगो कायम गरिएको छ भने व्यक्ति र कम्पनी सहित ६३ जना प्रतिवादी छन् ।