२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी ठगी प्रकरणः रवि लामिछानेसहित ७ जनालाई अदालत उपस्थित गराइयो



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित सात जनालाई अदालत उपस्थित गराइएको छ ।

सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लिला पछाईं, पूर्वसञ्चालक समिति सदस्य कृष्ण गुरूङ, पूर्वकोषाध्यक्ष आरती गुरूङ र पूर्वसञ्चालक समिति उपाध्यक्षसमेत रहेकी पूर्वसांसद मीना गुरूङलाई अदालत उपस्थित गराइएको हो ।

हालसम्म छविलाल जोशीको बयान सकिएको छ भने लीला पछाईको बयान जारी रहेको छ । लीलाको बयान सकिएपछि रविको बयान सुरु हुने जिल्ला अदालत कास्कीले जनाएको छ । पूर्वकोषाध्यक्ष आरती र पूर्वसांसद मीना भने मंगलबार मात्रै पक्राउ परेका हुन् ।

न्यायाधीश नीतिज राईको इजलासमा उनीहरुको बयान जारी छ । उनीहरमाथि सहकारीको १ अर्ब ५१ करोड रुपैयाँ अपचलन भएको भन्दै बिगो कायम गरिएको छ भने व्यक्ति र कम्पनी सहित ६३ जना प्रतिवादी छन् ।