१२ पुष २०८१, शुक्रबार
,
Latest
ट्रम्प ह्वाइट हाउसमा फर्कनुअघि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई चाँडै फर्कन विश्वविद्यालयहरूको आग्रह दशगजा वारिपारि पहेँलपुर तोरीबारी खाँदबारी–किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह अमिताभ बच्चनलाई एटीएम कार्ड प्रयोग गर्न आउँदैन प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको सपथ मेलबर्न टेस्टः भारत फलोअनको खतरामा अस्ट्रेलियाली मिडियाले कोहलीलाई जोकर भनेपछि… नौ रुपैयाँको नुन किन्न पच्चिस सय खर्च सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन पनि बयान जारी श्रीलंकाका लागि प्रश्तावित राजदुत नेपालीको संसदीय सुनुवाई सम्पन्न गर्न प्रश्तावित कार्यतालिका परिमार्जनसहित पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १७ औं बार्षिकोत्सव मानब सेवा आश्रममा



अ+ अ-

काठमाडौ। रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर (पुरानों फेसियल हाउस)ले आफ्नो १७औं बार्षिकोत्सब मानब सेवा आश्रममामा सहयोग गर्दे मनाएको छ ।

अन्तर्राष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटीकेयरले आफ्नो १७ औं बार्षिकोत्सवको अवसर पारेर गोंगबू आवासमा अवस्थित मानवसेवा आश्रमका ५३ जना अनाथ लक्ष्मीनारायण र साना बालबालिकाहरुको लागि १७औं बार्षिकोत्सवको केक काटेर न्यानो कपडा बितरण र भोजन सहित मनाएको छ ।

बार्षिक उत्सबका अबसरमा आयोजित कार्यक्रममा चलचित्र बिकासबोर्डका अध्यक्ष बरिष्ट कलाकार दिनेश डिसिले उत्कृष्ठ कर्मचारी सहित व्यवसायीक सौर्दर्यबिद्हरुलाई सम्मान गर्नुभएको छ । सौर्दर्यबिदद्वय नुतन गिरि र चन्दा घिसिड सहित संचारकर्मी बद्रि थापा लाई सम्मान गर्नुभएको थियो ।

सुन्दरताको पारखीहरुको रोजाईमा परेको रश्मिलाज फेसियल हाउसले बिगत १७ बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण नेपालीहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर,काठमाडौँ मल सुन्धराको पहिलो तल्ला पसल नं. -११२ र चौंथो तल्ला पसल नं -४०१, बिजी मल,गोंगबू चौंथोतल्ला पसल नं F0-2 र बुद्धमल, माछापोखरी,बालाजु पहिलो तल्ला सहित चारवटा शाखाहरुबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको  संरक्षक प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार हाल ६५ जनालाई प्रत्यक्ष रोजागरी प्रदान गरेको र हजारौंलाई शिपमुलक तालिम दिईएको , आफ्नो ग्राहकहरुको सेवा सुबिधालाइ ध्यानमा राख्दै आधुनिक पद्धतिद्वारा सम्पुर्ण सेवा प्रदान गर्दै आएको छ ।

हाउसले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यवस्था साथै तालिम पनि दिदैं आईरहेको संञ्चालक रश्मिला श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाउसमा फेसियल, स्किन मेन्टेन, हाईड्रा फेसियल, हाईफो फेसियल, नेल आर्ट, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेशल डिजाइनमा हेयर कटिङ्ग, हेयर कलरिंड०, हेयर नानो प्लाष्टिया, हेयर बोटक्स तथा केराटिन ट्रिटमेण्ट, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको छ ।