६ पुष २०८२, आईतवार
,
Latest
पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज चिनियाँ विमान आउँदै



अ+ अ-

काठमाडौं । पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आज एउटा चिनियाँ विमानले अवतरण गर्ने भएको छ । सिचुआन एअरलाइन्सको विमान आज पोखरा आउन लागेको हो । सो विमान बिहान पौने १० बजे अवतरण गर्ने कार्यक्रम छ ।

आइतबारदेखि हुन लागेको अन्तर्राष्ट्रिय ड्रयागन डुंगा दौड प्रतियोगिता २०२४ मा सहभागी हुने प्रतियोगीहरुलगायत सरकारी तथा गैरसरकारी अधिकारीहरु, सञ्चारकर्मीलाई लिएर विमान आउन लागेको हो । आयोजक संस्थाका तर्फबाट पर्सि साँझ पोखरा इभेन्ट सेन्टरमा सहभागीहरुको सम्मानमा रात्रिभोज आयोजना गरिँदै छ ।

आइतबार बिहान ९ बजे लेक साइडमा अन्तर्राष्ट्रिय डुंगा दौड प्रतियोगिता २०२४ को औपचारिक शुभारम्भ हुुने कार्यक्रम छ । प्रतियोगिताअन्तर्गत बिहान पौने १० बजे २०० मीटर र ११ बजे पाँच सय मीटर सोझो डुंगा दौड हुनेछ ।

सोमबार बिहान साढे ९ बजेबाट २०० मीटरको सेमिफाइनल र १० बजे फाइनल दौड हुने छ । साढे १० बजे पाँच सय मिटरको सेमिफाइनल, सवा ११ बजे पाँच सय मिटरको फाइनल र पौने १२ बजे पुरस्कार तथा समापन समारोहको आयोजना गरिने आयोजकले जनाएको छ ।