११ पुष २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो देश कसको ?



अ+ अ-

यो देश कसको ?
भालेको
गणतन्त्रले टालेको
भारतले जालो हालेको
चीनले चारो फालेको
राजा प्रजा फालेको

आर्फैराजा हुनलाई
खानु सम्म खानुलाई
नयाँ पुराना आउछन्
मिठा गीत गाउँछन
देश चलेको छ कसरी ?
हावा चले जसरी ।

जनता भोकै गाउँमा
पशुपतिनाथको नाउँमा
लोकतन्त्र भनेर
भोट पाए गनेर
भोट दिने परदेशमा
आलु छैन स्वदेशमा

यो देश कसको ?
नेपालीको
नेपाली कसको ?
नेपालको ।