११ पुष २०८१, बिहीबार
,
Latest
शुक्रबारदेखि पुसे झरी पर्ने, आजको मौसम कस्तो रहला ? लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता ‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने व्यापारीले बगानबाटै उठाउँछन् देउपुरका सुन्तला माझीदाईका गुनासा : दिनभरि काम गर्‍यो, फर्कंदा रित्तै ! यो देश कसको ? आयल निगमले नयाँ बिक्रेताका लागि आवेदन खोल्यो पञ्चायत बिरुद्ध लडेर आउनु भएको नेतृत्वले पञ्चकै नक्कल गर्नुभयो: उषाकिरण तिम्सेना विन्दाको व्यङ्ग्य: पार्टी काममै थियौ, नेताले ६ महिना छुट्टी दिए ! एमालेले भीम रावललाई पार्टीबाट हटायो,बिन्दा र उषाकिरण ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सचिवालय बैठक आज, केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गरिने



अ+ अ-

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।

बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल हुने बताइएको छ ।

बैठकले समसामयिक राजनीतिक विषय तथा आगामी केन्द्रीय कमिटी बैठकको मिति र एजेण्डा तय गर्नेछ ।

एमालेले यही पुस २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ । तर औपचारिक घोषणा भने गरेको छैन । यसअघि एमाले केन्द्रीय कमिटीको बैठक गत असारमा बसेको थियो । एमाले विधानअनुसार केन्द्रीय कमिटी बैठक प्रत्येक ६ महिनामा बस्नुपर्ने प्रावधान छ ।