१० पुष २०८१, बुधबार
,
Latest
एमालेले भीम रावललाई पार्टीबाट हटायो,बिन्दा र उषाकिरण ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनकता तमू पत्रकारिता पुरस्कारबाट छ जना पुरस्कृत मुलुकको विकासका लागि काँग्रेसले जति काम अरु कुनै पार्टीले गरेको छैनः नेता सिटौला कर्णाली विकास बैंक समस्याग्रस्त घोषित स्कुटरको लाइसेन्स लिन आएका कुलप्रसाद परीक्षा नदिई अस्ताए, वृद्ध बुबाआमादेखि परिवारजन शोकाकूल संसदीय लोकतन्त्र प्रवर्द्धन गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ काँग्रेस विपीका विचार अंगालेर अगाडि बढ्न जरुरीः डा शशांक कोईराला क्रिसमसको पूर्वसन्ध्यामा पोप फ्रान्सिसद्वारा ‘जयन्ती वर्ष–२०२५’ को शुभारम्भ कजाकिस्तानमा एक विमान दुर्घटना, २५ जनाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सचिवालय बैठक आज, केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गरिने



अ+ अ-

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।

बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल हुने बताइएको छ ।

बैठकले समसामयिक राजनीतिक विषय तथा आगामी केन्द्रीय कमिटी बैठकको मिति र एजेण्डा तय गर्नेछ ।

एमालेले यही पुस २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ । तर औपचारिक घोषणा भने गरेको छैन । यसअघि एमाले केन्द्रीय कमिटीको बैठक गत असारमा बसेको थियो । एमाले विधानअनुसार केन्द्रीय कमिटी बैठक प्रत्येक ६ महिनामा बस्नुपर्ने प्रावधान छ ।