२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि निलम्बनमा उत्ताउलिएको राज्य व्यवस्था समिति



अ+ अ-

काठमाडौ । संसदीय समितिलाई मिनि संसद मानिन्छ । त्यसैले यसले गर्ने काम, व्यवहार र पद्दति पनि त्यसैबमोजिमको हुनुपर्छ । यसले विधेयक पास गरेर ऐन त बनाउँदैन तर पनि यसले पास नगरी संसदले पनि विधेयक पास गरेर कानुन बनाउन पाउँदैन । यसकारण विधि फरक भए पनि कार्य पद्दति भने एउटै हो संसदीय समिति र संसदको ।

तर आजको राज्य व्यवस्था समितिको उत्ताउलोपना हेर्दा लाग्छ यो मिनि संसद त होइन बरु मिनि अर्थात् सानो सोच बोकेको समिति चाहिँ हो ।

विषय र प्रसंग अहिलेको चर्चा हो रवि लामिछाने काण्ड । रास्वपाका सांसद लामिछाने माथि कास्की अदालतमा मुद्दा दायर भएपछि प्रहरीले सांसद पदबाट निलम्बनका लागि पत्राचार गर्यो र संसदले त्यसै बमोजिमको सूचना विधिपूर्वक सूचना पाटीमा टाँस गर्यो ।

यसपछि उनी स्वतह: निलम्बनमा परिहाले । कुनै पनि सांसद संसद रहँदासम्म मात्र कुनैपनि संसदीय समितिको सदस्य रहने हो । सांसद नै नरहेको व्यक्ति समिति सदस्य हुने कुरै भएन, स्वतह: निलम्बनमा पर्दछ ।

तर कुलोजस्तो सिधा रहेन आजको राज्य व्यवस्था समितिको बैठकको काम । बरु कुरोजस्तो बांगोटिंगो रह्यो, देखियो ।

उता संसद सचिवालयले उनी निलम्बनको सूचना टाँस गरेपछि यता हतार हतार राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले पनि हतार हतार समितिको बैठक बोलाए र रवि लामिछाने सो समितिको सदस्य नरहेको घोषणा गरे ।

केही काँग्रेसबाहेकका धेरै सांसद त हाँसे, यो के गरेको हो भनेर । तर रामहरिले आफूलाई राम्ररी थाहा हुँदा हुँदै पनि यो नाटक मञ्चन गरे भनौँ अथवा उनी उत्ताउलिए ।

यो उत्ताउलो पनाको पृष्ठभूमि पनि गज्जबकै छ । किनभने रवि सांसदै रहँदा खतिवडा र उनीबीच सहकारी र घडी काण्ड भनेर संसदमै आपसमा छेड्छाड खुबै हुने गर्दथ्यो ।

कतै त्यसैको बाँकी रहेको तुस पो आजको यो बैठकमा देखिएको हो कि ? समितिका केही सदस्य यही गुन्गुनाउँदै बैठक हलबाट बाहिरिएका सुनिन्थे । नभए त बिरालोले दूधको कुँडे ड्वाकेजस्तै किन यतिविधि गौँडा कुर्नुपथ्र्यो होला र ?