२३ जेष्ठ २०८३, शनिबार
,
Latest
यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि निलम्बनमा उत्ताउलिएको राज्य व्यवस्था समिति



अ+ अ-

काठमाडौ । संसदीय समितिलाई मिनि संसद मानिन्छ । त्यसैले यसले गर्ने काम, व्यवहार र पद्दति पनि त्यसैबमोजिमको हुनुपर्छ । यसले विधेयक पास गरेर ऐन त बनाउँदैन तर पनि यसले पास नगरी संसदले पनि विधेयक पास गरेर कानुन बनाउन पाउँदैन । यसकारण विधि फरक भए पनि कार्य पद्दति भने एउटै हो संसदीय समिति र संसदको ।

तर आजको राज्य व्यवस्था समितिको उत्ताउलोपना हेर्दा लाग्छ यो मिनि संसद त होइन बरु मिनि अर्थात् सानो सोच बोकेको समिति चाहिँ हो ।

विषय र प्रसंग अहिलेको चर्चा हो रवि लामिछाने काण्ड । रास्वपाका सांसद लामिछाने माथि कास्की अदालतमा मुद्दा दायर भएपछि प्रहरीले सांसद पदबाट निलम्बनका लागि पत्राचार गर्यो र संसदले त्यसै बमोजिमको सूचना विधिपूर्वक सूचना पाटीमा टाँस गर्यो ।

यसपछि उनी स्वतह: निलम्बनमा परिहाले । कुनै पनि सांसद संसद रहँदासम्म मात्र कुनैपनि संसदीय समितिको सदस्य रहने हो । सांसद नै नरहेको व्यक्ति समिति सदस्य हुने कुरै भएन, स्वतह: निलम्बनमा पर्दछ ।

तर कुलोजस्तो सिधा रहेन आजको राज्य व्यवस्था समितिको बैठकको काम । बरु कुरोजस्तो बांगोटिंगो रह्यो, देखियो ।

उता संसद सचिवालयले उनी निलम्बनको सूचना टाँस गरेपछि यता हतार हतार राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले पनि हतार हतार समितिको बैठक बोलाए र रवि लामिछाने सो समितिको सदस्य नरहेको घोषणा गरे ।

केही काँग्रेसबाहेकका धेरै सांसद त हाँसे, यो के गरेको हो भनेर । तर रामहरिले आफूलाई राम्ररी थाहा हुँदा हुँदै पनि यो नाटक मञ्चन गरे भनौँ अथवा उनी उत्ताउलिए ।

यो उत्ताउलो पनाको पृष्ठभूमि पनि गज्जबकै छ । किनभने रवि सांसदै रहँदा खतिवडा र उनीबीच सहकारी र घडी काण्ड भनेर संसदमै आपसमा छेड्छाड खुबै हुने गर्दथ्यो ।

कतै त्यसैको बाँकी रहेको तुस पो आजको यो बैठकमा देखिएको हो कि ? समितिका केही सदस्य यही गुन्गुनाउँदै बैठक हलबाट बाहिरिएका सुनिन्थे । नभए त बिरालोले दूधको कुँडे ड्वाकेजस्तै किन यतिविधि गौँडा कुर्नुपथ्र्यो होला र ?