१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन

दुवाकोटमा वीर अस्पताल निर्माणको काम तत्काल अघि बढाउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण

दुवाकोटमा वीर अस्पताल निर्माणको काम तत्काल अघि बढाउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण
अ अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयका ध्यानाकर्षण गराउनुभएको छ ।

मंगलवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री चौरसियाले स्वास्थ्यमन्त्री पौडेलको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले दुवाकोटमा रहेको वीर अस्पताल निर्माणको विषयमा स्वास्थ्यमन्त्रीले प्रष्ट पार्नुपर्ने बताउनु भयो । उहाँले अहिले पनि दुवाकोटमा न्याम्सका १२ सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको र ६३ वटा शैक्षिक कार्यक्रमहरु सञ्चालनमा रहेको उल्लेख गर्नुभयो । उक्त अस्पताल नेपालको एउटा महत्वपूर्ण प्रतिष्ठान भएको बताउँदै मन्त्री चौरसियाले यसको निर्माण प्रक्रिया अघि नबढ्दा अन्य ठाउँहरुमा समस्या उत्पन्न गर्छ कि गर्दैन ? भनेर प्रश्न समेत गर्नुभयो ।

उहाँले भन्नुभयो,‘स्वास्थ्यमन्त्रीज्युले आज एउटा कुरा स्पष्ट पार्नुपथ्र्यो, दुवाकोटमा रहेको वीर अस्पताल निर्माणको कुरा पूरा भइसक्यो कि भएन ? अहिलेसम्म त्यहाँ जग्गामात्रै छ । अहिलेपनि त्यहाँ न्याम्सको १२०० भन्दा बढी विद्यार्थी पढिरहनुभएको छ । ६३ वटा शैक्षिक कार्यक्रमहरु त्यहाँ सञ्चालन भइरहेका छन् । र अन्तर्राष्ट्रिय विश्व विद्यालयहरुसँग त्यहाँ कार्यक्रमहरु एक्सचेन्ज पनि हुन्छ । यहाँका एमडी गर्ने डक्टरहरु अन्य देशमा समेत गएर पाँच÷छ महिनाजति तालिम गरेर आउँछन् । त्यो यो देशको एउटा महत्वपूर्ण प्रतिष्ठान हो । यो चिकिसा विज्ञान प्रतिष्ठान सामान्य कुरा होइन । भोलिको दिनमा यसले अन्य ठाउँमा पनि समस्याहरु उत्पन्न गर्छ कि गर्दैन रु पछिल्लो एउटा घट्नाको कारणले गर्दाखेरि यसलाई अलग्गै गर्नुपर्छ भन्ने कुराहरु आएको हो । तर निर्माण कार्य सुरु नै भएको छैन । बजेट एलोकेट छैन । टेण्डरको आह्वान नै गरेको छैन । सरकारले पहिले निर्माण कार्य शुरु गर्नुप¥यो । त्यसपछि समय तोक्दा त राम्रै हुन्छ ।’

उहाँले नेपालीले विदेशमा उपचार गर्न जानु नपर्ने गरी सबै प्रकारको सुविधा उपलब्ध भएको अन्तर्राष्ट्रिय स्तरको अस्पताल निर्माण गर्न आवश्यक भएको बताउनु भयो ।