१० पुष २०८१, बुधबार
,
Latest
बोरा बिछ्याएर पढिरहेका विद्यार्थी र सात वर्षदेखि तलब नपाएका एक शिक्षकप्रति स्थानीय सरकार उदासीन भएको… तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै काठमाडौँ उपत्यकामा आज आंशिक बदली हुने एमाले सचिवालय बैठक आज, केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गरिने सहकारी विकास बोर्ड खारेज, ५ लाखसम्मको बचत फिर्ता प्राथमिकतामा चाडपर्वले आपसी एकता कायम राख्न मद्दत पुग्छ : उपराष्ट्रपति चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छ : राष्ट्रपति मासु र मदिरा नचल्ने माङ्सेबुङ चिसो मौसममा ‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त डिसेम्बर २५ : येशु ख्रीष्ट जन्मोत्सवमा ‘क्रिसमस डे’ मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवस्था परिवर्तनपछि मात्रै अवस्था परिवर्तन : कमल थापा



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकको ब्यवस्था परिवर्तन नगरी अवस्था परिबर्तन हुनै नसक्ने दाबी गरेका छन् । थापाले मुलुकको ब्यबस्था परिबर्तन गर्नुपर्ने समय आएको समेत जिकिर गरे ।

भ्रष्ट ब्यबस्था र भ्रष्ट शासकले मुलुकमा ब्रम्हलुट मच्चाएका छन्, यसको अन्त्यको लागि शसक्त आन्दोलन जरुरी भएको भादै थापाले देश बचाउन र बनाउन आन्दोलको विकल्प नभएको समेत दाबी गरे ।

मुलुकलाई बचाउन र बनाउन राप्रपा नेपालसङ्ग स्पष्ट मार्गचित्र भएको चर्चा गर्दै थापाले बिदेशीले बोकाईदिएको गणतन्त्र ,संघीयता र धर्मनिरपेक्षताको भारिको बोझ मुलुकले धान्न नसक्न्ने समेत बताए । सबै हिन्दूवादी, प्रजातन्त्रवादी, राष्ट्रवादी र राजावादी एक ठाउँमा आएर अहिलेको मनपरीतन्त्र र लुटतन्त्रको अत्य गर्न सडक संघर्ष गर्नुपर्नेमा थापाको जोड थियो ।

पार्टीको काठमाडौं –८ क्षेत्रीय समितीद्वारा नरदेबिमा आयोजित पार्टी प्रवेश तथा सकृय सदस्यता बितरण कार्यक्रममा पार्टीका नेताहरु तारानाथ लुइँटेल, केशव श्रेष्ठ, यवती कार्की, प्रदीप कार्की लगायतले बोलेका थिए ।