५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा



अ+ अ-

काठमाडौं । पश्चिम नेपालको भ्रमणमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह भारत जानु भएको छ ।

आईतबार मध्यान्न उहाँ भारत जानु भएको हो । हाल लखनउमा रहनु भएका पूर्वराजाले एक साता सम्म त्यसक्षेत्रका बिभिन्न धार्मिक क्षेत्रको भ्रमण गर्नु हुने जनाईएको छ ।

यस अघि मंसीर २२ गते पूर्वराजा नेपालगञ्ज जानु भएको थियो । उहाँले बागेश्वरी मन्दिरमा पूजा आजा गर्नुभएको थियो ।

यसै गरी पूर्वराजा शाह बर्दियाको बाह्रबिगामा आयोजना भएको श्रीमद् भागवती धनधान्याञ्चल सप्ताह महायज्ञमा सहभागी हुनुभयो ।

त्यसैगरी मंसिर २९ गते शनिबार तुल्सीपुरमा रहेको स्वर्गीय राजा वीरेन्द्र स्मृति पार्कमा पुग्नुका साथै घोराहीमा रहेको पाण्डभेश्वर मन्दिरमा पुगेर पूजा अर्चना गर्नुभएको थियो ।