२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘राजनितिकर्मीले अडान लिने हो, सेलिब्रेटी बन्ने होइन’



अ+ अ-

प्रदेश नं ५ को नाम लुम्बिनी र राजधानी देउखुरी (भालुवाङ-राप्ती र गढवा गापा तथा शीतगंगा नपाका ७, ८ र ९ नं वडा- अर्घाखाँची, सरूमारानी गापा प्यूठानका १र २ वडा समेत समेटिनुपर्ने माग रहेको) भन्ने निर्णय अघि नेताहरूका आआफ्नै अडान थिए । महासचिव विष्णुप्रसाद पौडेल र मुख्यमन्त्री शंकर पोखरेलका आआफ्नै अडान थिए र छन् ।

यस स्थितिमा पार्टी अध्यक्षद्वयले नाम र राजधानीको सम्बन्धमा मुख्यमन्त्रीको प्रस्तावअनुरूप समझदारी र निर्देशन गर्नुभएको र तदनुरूप कार्यान्वयन प्रक्रिया अघि बढेको स्पष्ट छ । यो निर्णयमा कमरेड विष्णुप्रसाद पौडेलको असहमति रहेको कुरा पनि सार्वजनिक भएकै छ । यसलाई कसैले अन्यथा रूपमा बुझ्न, दुष्प्रचार गर्न र जय पराजयका रूपमा उछाल्न आवश्यक छैन । प्रदेश सभाले गर्ने निर्णय आफ्नो कार्यसूचिअनुसार गरेर नै अघि बढ्छ ।

आजको समस्या-
लोकप्रियतावाद (popularism) को विमारीका लक्षणहरू 

१. प्रदेशको स्थायी नाम र राजधानी तोक्ने निर्णय प्रदेश सभाको अधिकार हो । यससम्बन्धी प्रस्ताव सभासमक्ष प्रदेश सरकारले लैजाने हो ।

२. प्रदेश सरकारले निर्णय गर्नुअघि पार्टीको माथिल्लो नेतृत्वसँग समन्वय, निर्णय र निर्देशन लिनु स्वभाविक हुन्छ । मुख्यमन्त्रीले प्रदेश सरकारको प्रमुखका नाताले यसको निम्ति आग्रह, समन्वय र दौडधुप गरी आवश्यक वातावरण बनाउनु पर्दथ्यो र उहाँले त्यसो नै गर्नुभयो । काठमाडौं आउने पार्टी नेतृत्वलाई ब्रिफिङ गरी निर्देशन लिनु र कार्यान्वयन गराउनु झन् स्वभाविक हो ।

३. संसदीय दलमा छलफल गराई ह्वीप जारी गर्नु र प्रदेशसभामा छलफल गराएर निर्णयमा पुग्नु/ पुर्याउनु त्यसपछिको झन् स्वाभाविक प्रक्रिया नै हो ।

४. छलफलको क्रममा हाउसलाई आफ्नो मतका पक्षमा दमदार तर्कले सहमत गराई निर्णय उल्टाउनसमेत बाध्य गर्नु हरेक व्यक्तिको व्यक्तिगत सामर्थ्य र बुँता मानिन्छ । तर्क, बहस र विमर्शको यस तरिकालाई लोकतन्त्रको सुन्दरतम पक्षका रूपमा सदैव प्रोत्साहन र अबलम्बन गर्ने गरिन्छ । यतिसम्म ठीक हो ।

तर,
१. निर्णय कार्यान्वयनको क्रममा यसरी निर्णयमा पुग्ने क्रममा मुख्यमन्त्रीलाई लक्षित गरी भौतिक हमला र ढुंगामुढा गर्ने, बुद्धिभूमिको अपमान गर्दै हिंसात्मक हुलहुज्जत गर्न खोज्ने, प्रदेशसभा बैठकलाई रणभूमिमा परिणत गर्ने, कुर्सी तोडफोड गर्ने, सभामुखमाथि हमलाको कोसिस गर्ने कोशिस हुनु अनुचित र गलत हो । यो संसदीय मूल्य, मान्यताविपरित मात्र होइन, अपराधिक क्रियाकलाप नै हो । यस्तो कार्यको जति निन्दा गरे पनि कम हुन्छ । पार्टी नेतृत्वकै तहबाट यस्ता क्रियाकलापको विरोध गरिनुपर्छ ।

२. मुख्यमन्त्री र प्रदेश सरकार यसरी निर्णय कार्यान्वयनमा जुटिरहँदा र सांसदहरूले ह्वीपको पालना गरी निर्णय कार्यान्वयनमा अघि बढ्दा पार्टी पंक्ति, निर्वाचित जनप्रतिनिधिहरू र सबैको भूमिका सके समर्थन र सहयोग गर्ने, नभए विरोधमा नउत्रिने नै पार्टी प्रणाली होला !

३. पार्टी प्रदेशमा एउटा र स्थानीय तहमा अर्को त होइन । पार्टीभित्र पार्टी पद्धति र प्रक्रियाको परिपालना गरेर मात्रै पार्टीलाई बलियो बनाउन संभव हुन्छ । आफू सहमत वा असहमत जे भए पनि निर्णयको कार्यान्वयन र पालना गर्नु यसको अनिवार्य शर्त हुनजान्छ । आखिर निर्णय र निष्कर्षमा त पुग्नैपर्ने हुन्छ ।

४. बहस छलफललाई तथ्यपूर्ण, मर्यादित र पारस्परिक सम्मानमा आधारित गराएर मात्र विषयवस्तुको गहिराइ र तथ्यको आधारमा सत्यमा पुग्न र पु(याउन सकिन्छ ।अन्यथा छलफल र विवादले शत्रुतापूर्ण रूप लिने खतरा हुन्छ । त्यसैले, यो अन्तरविरोध संचालन र व्यवस्थापनको सिलसिलामा अत्यन्त सामान्य तरिका हो । महासचिव र मुख्यमन्त्रीबीच आन्तरिक रूपमा प्रदेशसभाले यस प्रक्रियालाई अघि बढाउने उन्नत समझदारी भएको भनिएको पनि यसै सन्दर्भमा हो ।

तथ्यभन्दा लोकप्रियताको पछि मात्रै दौडिने गल्ती कसैबाट हुनुहुँदैन । खासमा लोकप्रियता कहिल्यै तृप्त नहुने तृष्णा हो, मृगतृष्णाजस्तै हो । तसर्थस् लोकप्रियतावाद (popularism) बाट हरकोही जोगिन ध्यान दिन सक्नुपर्छ । लोकप्रिय बन्न खोज्ने त हरेकको कोशिस र चाहना हुन्छ नै । तर यसकै आकांक्षाका पछाडि कुदेर सेलिब्रेटीजस्तो बन्न खोज्नु भनेको घातक पनि हुनसक्छ ।
किनभने,
कलाकारहरूसेलिब्रेटी बन्न खोज्नु स्वभाविक मानिन्छ, उनीहरू अभिनयमा पोख्त भएपुग्छ । तर राजनीतिकर्मी र राजनीतिज्ञहरूले अडान लिने, दृष्टिकोण दिने, निर्णय गर्ने र कार्यान्वयन गर्ने नै गर्नुपर्दछ । तसर्थस् सधै लोकप्रिय बन्न, हुन र भइरहन संभव हुँदैन। यस तथ्यको हेक्का राखेर चल्नसक्दा लोकप्रियतावादको विमारी लाग्दैन । र, समस्यामा परिदैंन ।

(थापा प्रधानमन्त्री केपि शर्मा ओलीका प्रेस सल्लाहकार हुन्)