३ जेष्ठ २०८२, शनिबार
,
Latest
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन-चित्रबहादुर केसी भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाका लागि वार्ड स्थापना कृषिमा यान्त्रिकीकरणः समय र खर्चको बचत गोरखाको छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटियो नदी कटान रोक्न स्थानीयद्वारा श्रमदान कांग्रेस संसदीय दलको बैठकमा आगामी बजेटबारे छलफल सामाजिक गतिविधिमा बालबालिकालाई संलग्न गराउन आवश्यक छ:  प्रदेश प्रमुख भट्ट राजनीतिमा यस्तै हुन्छ, बस्नेत र राईको कुरालाई ठूलो अर्थमा नलिनूस्ः देउवा हरित जलवायु कोषमा निजी क्षेत्रको पहुँच सुनिश्चित गर्नुपर्ने महासंघ अध्यक्ष ढकालको जोड सगरमाथा संवाद विश्वका लागि प्रेरणादायक उदाहरणः युएनडिपी उपाध्यक्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलः जनकपुर बोल्ट्सको जितको कामना गर्दै मन्दिरमा पूजापाठ



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपिएलमा आज फाइनल खेल हुँदैछ ।

एनपिएलको पहिलो सिजनको फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स पुगेका छन् । दुवै टिमले समूहचरणमा उत्कृष्ट प्रदर्शन गरेका थिए । एनपिएलमा सुदूरपश्चिम रोयल्सले सुदूरपश्चिम प्रदेशको प्रतनिधित्व गरेको छ भने जनकपुर बोल्ट्सले मधेस प्रदेशको प्रतिनिधित्व गरेको छ ।

यसैबीच आज एनपिएलको फाइनल जित्नका लागि मधेस प्रदेशका युवाहरुले जनकपुर बोल्ट्सको समर्थन गर्दै विजयीको कामना स्वरुप मन्दिरमा पुगेर पूजा आराधना गरेका छन् । युवाहरुले जनकपुर बोल्ट्सको जितको लागि पूजापाठ एवं मंगलवपाठ समेत गरेका छन् । जनकपुर बोल्ट्सका एक समर्थकले राजदेवी मन्दिरमा पुगेर जनकपुर बोल्ट्सको जितका लागि पूजापाठ गरेको बताउनु भयो ।

जनकपुर बोल्ट्सका समर्थकहरुले जनकपुरका विभिन्न मठ मन्दिरमा पुगेर जनकपुर बोल्ट्सको जितका लागि कामना गरेका हुन् ।