२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीद्वारा आलमदेवी मन्दिरमा पूजाआजा, गाउँपालिकाबाट सम्मान



अ+ अ-

वालिङ (स्याङ्जा) : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल आलमदेवी मन्दिरमा पूजाआजा गर्नुभएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ लसर्घामा अवस्थित मन्दिरमा उहाँले आज वैद्धिक विधिपूर्वक पूजाआजा गर्नुभएको हो ।

पूर्वराष्ट्रपति भण्डारीले मन्दिरमा पूजाआजाका साथै यहाँको वस्तुस्थिति अवलोकन गर्नुभएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पृथ थापाले जानकारी दिनुभयो । उहाँलाई कालीगण्डकी गाउँपालिकाले मन्दिर परिसरमै स्वागत तथा सम्मान गरेको थियो । गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले पूर्वराष्ट्रपतिलाई स्वागत गर्न पाउँदा गौरवबोध भएको बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले आलमदेवी आउने आफ्नो इच्छा पूरा भएको बताउनुभयो । यहाँका नागरिकले गरेको माया र स्नेहलाई कहिल्यै नभुल्ने उहाँको भनाइ छ ।रासस