२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिलेको न्यायपालिका पारदर्शी छः प्रधानन्यायाधीश राउत



अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अहिलेको न्यायपालिका पारदर्शी रहेको बताउनुभएको छ ।

बिहीवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले अहिलेको न्यायपालिका ट्रान्सपरेन्स रहेको भन्दै पारदर्शी नभएको कुरा कसैले भने आफ्नो गम्भीर आपत्ति हुने बताउनु भयो ।

उहाँले अहिले खुला अदालतको रुपमा सुनुवाई भइरहेको बताउनु भयो । उहाँले अदालतप्रति अहिले कसैले पनि संशय गर्ने ठाउँ नरहेको जिकिर गर्नुभयो । उहाँले निष्पक्षता न्यायपालिकाको प्राण भएको उल्लेख गर्दै त्यसको अधिकतम र प्रचुर प्रयोग गर्नुपर्ने बताउनु भयो । न्यायपालिकाप्रति संशय हुनेगरी कहिले पनि काम नगर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको जुडिसियरी ट्रान्सपरेन्स छ । पारदर्शी छ यो । कसैले यो पारदर्शी छैन भन्नेकुरा भन्छ भने त्यसमा मेरो गम्भीर आपत्ति हुनेछ । हामीले जे काम गर्छौं, खुला अदालतको रुपमा हामी सुनुवाई गर्दछौँ । र एउटा प्रक्रियामा भएका जतिपनि अवस्थाहरु छन् । त्यो सबै कानून व्यवसायीहरुको अगाडि, पक्ष, विपक्षको अगाडि र त्यसपछि सबै यस्तो स्थिति छ, त्यहाँ कसैले शंका र संशय गर्ने ठाउँ नै छैन । यो निरन्तर चलिरहन्छ । यो पारदर्शीतामा यो अदालत अब्बल रुपमा आफूलाई यसले प्रश्तुत गर्नेछ । निष्पक्षता न्यायपालिकाको प्राण हो । त्यसको अधिकतम र प्रचुर प्रयोग हामीले कति गरेका छौँ रु मलाई विश्वास छ, न्यायपालिकामा त निष्पक्ष नभइ चल्दै चल्दैन । न्यायपालिकाप्रति संशय हुनेगरी हामी काम नै गर्दैनौँ ।’

प्रधानन्यायाधीश राउतले न्यायपालिका र पत्रकारिताको स्वतन्त्रता संविधानले आत्मसाथ गरेका कुराहरु भएकाले त्यसको दुरुपयोग हुनु नहुने बताउनु भयो ।