२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिलेको न्यायपालिका पारदर्शी छः प्रधानन्यायाधीश राउत



अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अहिलेको न्यायपालिका पारदर्शी रहेको बताउनुभएको छ ।

बिहीवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले अहिलेको न्यायपालिका ट्रान्सपरेन्स रहेको भन्दै पारदर्शी नभएको कुरा कसैले भने आफ्नो गम्भीर आपत्ति हुने बताउनु भयो ।

उहाँले अहिले खुला अदालतको रुपमा सुनुवाई भइरहेको बताउनु भयो । उहाँले अदालतप्रति अहिले कसैले पनि संशय गर्ने ठाउँ नरहेको जिकिर गर्नुभयो । उहाँले निष्पक्षता न्यायपालिकाको प्राण भएको उल्लेख गर्दै त्यसको अधिकतम र प्रचुर प्रयोग गर्नुपर्ने बताउनु भयो । न्यायपालिकाप्रति संशय हुनेगरी कहिले पनि काम नगर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको जुडिसियरी ट्रान्सपरेन्स छ । पारदर्शी छ यो । कसैले यो पारदर्शी छैन भन्नेकुरा भन्छ भने त्यसमा मेरो गम्भीर आपत्ति हुनेछ । हामीले जे काम गर्छौं, खुला अदालतको रुपमा हामी सुनुवाई गर्दछौँ । र एउटा प्रक्रियामा भएका जतिपनि अवस्थाहरु छन् । त्यो सबै कानून व्यवसायीहरुको अगाडि, पक्ष, विपक्षको अगाडि र त्यसपछि सबै यस्तो स्थिति छ, त्यहाँ कसैले शंका र संशय गर्ने ठाउँ नै छैन । यो निरन्तर चलिरहन्छ । यो पारदर्शीतामा यो अदालत अब्बल रुपमा आफूलाई यसले प्रश्तुत गर्नेछ । निष्पक्षता न्यायपालिकाको प्राण हो । त्यसको अधिकतम र प्रचुर प्रयोग हामीले कति गरेका छौँ रु मलाई विश्वास छ, न्यायपालिकामा त निष्पक्ष नभइ चल्दै चल्दैन । न्यायपालिकाप्रति संशय हुनेगरी हामी काम नै गर्दैनौँ ।’

प्रधानन्यायाधीश राउतले न्यायपालिका र पत्रकारिताको स्वतन्त्रता संविधानले आत्मसाथ गरेका कुराहरु भएकाले त्यसको दुरुपयोग हुनु नहुने बताउनु भयो ।




भर्खरै