१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङको सिगाना गाउँका किसानले बेचे तीन करोड बढीको सुन्तला



अ+ अ-

बागलुङ : सुन्तला खेतीका लागि निकै ख्याती कमाएको गाउँ हो बागलुङको सिगाना । यहाँका किसानले वर्षैपिच्छे तीन करोड रुपैयाँ बराबरको सुन्तला बेच्छन् भन्दा धेरैलाई पत्यार लाग्दैन, तर यो यथार्थ हो ।

गत वर्ष सुन्तला बिक्रीबाट ३ करोड ५० लाख भित्र्याएका बागलुङ नगरपालिका–८ सिगानाका किसानले यस वर्ष सुन्तला उतपादनमा केही कमी आएको बताएका छन् । तैपनि यहाँका किसानले यस वर्ष पनि तीन करोड हाराहारीकै सुन्तला बिक्री हुने अनुमान गरेका छन् ।

यस वर्ष सिगानामा उत्पादन भएको सुन्तलामध्ये ७० प्रतिशत बिक्री भइसकेको छ ।

गत वर्ष भन्दा केही थोरै सुन्तला उत्पादन भएको यहाँका अगुवा किसान अनन्त बहादुर खड्का बताउँछन् । गत वर्ष आफ्नो बगैचालाई पाँच लाखमा चितवनका व्यापारीलाई दिए पनि यस वर्ष चार लाख मात्रै कमाई भएको उनको भनाई छ ।

यस वर्ष सिगानामा सुन्तला उत्पादनमा कमी आएकाले किसानले छिट्टै बिक्री गरेको खड्काको भनाई छ । “गत वर्ष ढिलोगरी सुन्तला बिक्री गर्दा अहिले उत्पादन घट्यो, अहिले छिट्टै सुन्तला बिक्री थालिएको छ, यहाँका अधिकांश ठूला सुन्तलाका बगैचा रित्तिसकेका छन्” खड्काले भने “पोहोर पुसको अन्तिममा सुन्तला बिक्री गरेका सुन्तला यसपटक मंसिर अन्तिमबाटै बिक्री शुरु भएको थियो ।

सिगानाका किसानले बोटबाटै सुन्तला बिक्री गर्दा सरदर मुल्य प्रति केजी रु. ६० देखि ७० पर्न गएको किसानको भनाई छ ।

यस वर्ष सिगानाका ५०० नयाँ बोटले सुन्तला उत्पादन दिन थालेका छन् ।

यहाँको सुन्तला पोखरा, चितवन, नारायणगढ र धादिङका व्यापारीले लैजाने गरेका छन् । किसानलाई बजारको कुनै कमी छैन ।

सिगानासँगै बागलुङको बिहुँ, तित्याङ, भकुण्डे, लेखानी, सर्कुवा र दमेकलगायत ठाउँ सुन्तला राम्रो उत्पादन हुने गर्दछ ।