२५ श्रावण २०८३, सोमबार
,
Latest
सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव लागुऔषधसहित पाँच जना पक्राउ पाल्पामा पिकअप जिप ११० मिटर तल खस्दा १० जना घाइते शीत भण्डार बनेपछि स्याङ्जाकाे रत्नपुरका आलु उत्पादक किसान उत्साहित गाईजात्राको अवसरमा ‘जोगिन्दर’ले ल्याए ‘बालेन सरकार’, राजनीतिदेखि सामाजिक प्रवृत्तिसम्म व्यंग्य आङ सान सुकीको पूर्ण रिहाइको आसियान माग म्यान्मा सरकारद्वारा अस्वीकार कावासोतीमा टायर पन्चर भएर माइक्रोबस पल्टिँदा ६ जना घाइते बजार अनुगमनमा कारबाही : खरिद बिल नराख्ने पसललाई २० हजार जरिवाना विपद्का घटना बढे, एकै दिन ४१ घटना यमनमा हुथी विद्रोहीको मिसाइल र ड्रोन आक्रमणः ८ जनाको मृत्यु, तटीय क्षेत्रमा व्यापक क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिरासतमा रवि सुतेको भाइरल तस्बिरबारे अनुसन्धानमा जुट्यो प्रहरी



अ+ अ-

पोखरा । प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सुतिरहेको सिसिटिभी फोटो बाहिरिएपछि प्रहरीले तस्बिरबारे छानबिन थालेको छ ।

बुधवार रातिदेखि भाइरल भएको सो तस्बिरमा रवि सुतिरहेको देखिन्छ । उनको साइडमा टेबल र त्यसमाथि किताब पनि छन् । यो फोटो किन र कसरी सार्वजनिक गरियो भन्नेबारे छानबिन भईरहेको प्रहरीले जनाएको छ ।

उक्त फोटो केही दिनअघि सामाजिक अभियान्ता भनिने डा निकोलश भुसाल नामक फेसबुक आइडीबाट पोष्ट भएको थियो । तर उनले अहिले डिलिट गरिसकेका छन् । निकोलशले उक्त तस्बिर आफैँले खिचेको र कसैलाई दोषारोपण नगरेको भन्दै तस्बिर खिचेर सार्वजनिक गरेकोमा फेसबुकबाटै माफी मागेका छन् ।

सभापति लामिछानेको सचिवालयले भने प्रहरीले नै उक्त फोटो सार्वजनिक गरेको दाबी गरेको छ । लामिछानेको सचिवालयमा रहेका प्रमोद न्यौपानेले लेखेका छन्, ‘रवि लामिछानेको हिरासतमा सुतिरहेको यो सिसिटिभीबाट लिएको फोटो बाहिरिएको छ । सिसिटिभीको नियन्त्रण प्रहरीसँग हुन्छ । त्यसैले यो फोटो प्रहरीबाटै बाहिरिएको हो । कुन उद्देश्यमा यो फोटो बाहिर लगियो ? यसको जवाफ प्रहरीले दिनुपर्छ ।’

कास्की प्रहरीले यसबारे अनुसन्धान भइरहेको बताएको छ । कास्की प्रहरी प्रमुख एसपी अजयबाबु ओलियाले भने, ‘हामी त्यो फोटोको विषयमा अनुसन्धान गरिरहेका छौं ।’

सहकारी ठगी प्रकरणमा कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रवि कास्की प्रहरीको हिरासतमा छन् ।