४ पुष २०८१, बिहीबार
,
Latest
भारतीय संसद् भवन परिसरमा सत्तारुढ र विपक्षी गठबन्धनका सांसदबीच झडप ‘पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनुपर्नेमा जोड’ मन्त्रिपरिषद बैठक स्थगित कर्णालीलाई हराउँदै जनकपुर एनपिएलको फाईनलमा दलित समुदायको अधिकार तथा विकास सम्बन्धी विधेयक संसदमा पेश गर्न सरकारलाई निर्देशन राज्यका निकायहरुमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानून आवश्यकः न्यायाधीश मल्ल बैंकहरुलाई खराब कर्जा र तरलता व्यवस्थापनको चुनौति प्रहरीले रविको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्ने निकोलस भुसाललाई कारवाही गर्ने क्यान्सरसँग संघर्ष गरिरहेका विवेक पंगेनीको निधन किसानलाई कि तेस्रो मुलुक पठाम्, नत्र औषधीमा बिष मिसाइ दिम् , टन्टै साफ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै



अ+ अ-

काठमाडौँ । मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ मा आज नेपालले श्रीलङ्काको सामना गर्दैछ । यस खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा हुनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो । यस्तै, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारत एक एक अङ्क बाँडेका थिए तर, रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो ।

गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली मलेसियासहित ६ टोली सम्मिलित छन् । जसमा समूह ‘ए’ मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् भने समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान छन् । पाकिस्तान र मलेसिया प्रतियोगिताबाट बाहिरिसकेका छन् । नेपाली टोलीमा पूजा महतोको कप्तानीमा १५ सदस्यीय खेलाडी छन् ।

यसमा टोलीको उप–कप्तानमा सोनी पाख्रिन उपकप्तान छिन् । त्यस्तै, टोलीमा साना प्रवीण, ज्यात्स्निका मरासिनी, कुसुम गोदार, एलिशाकुमारी यादव, सावित्री धामी र कृष्मा गुरुङ छन् ।

त्यस्तै, तिर्सना विश्वकर्मा, किरणकुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा र अनु कडायत समेत टोलीमा रहेका छन् । प्रतियोगिता यही पुस ७ गतेसम्म चल्नेछ ।