३ पुष २०८१, बुधबार
,
Latest
दुर्गा प्रसाईंसहित २४ घण्टाभित्र लिखित जवाफ लिएर उपस्थित हुन सर्वोच्चको आदेश अपराधको डरलाग्दाे तथ्यांक : दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ श्रीलङ्काद्वारा विदेशी मुद्रा सञ्चिति १५ अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य जापानको होन्डा र निसानबीच मर्जरका लागि प्रारम्भिक वार्ता इजरायलसँग युद्धविरामका लागि भइरहेको दोहा वार्ता ‘सकारात्मक’: हमास गाजाका ९३ प्रतिशत बैङ्क शाखाहरू ध्वस्त :विश्व बैङ्क एसईईमा फेरि नयाँ नियम: नन ग्रेडेड विषयमा मात्रै परीक्षा दिए पुग्ने ६८ लाख नगद सहित हुण्डी कारोबारमा संलग्नहरू प्रहरी नियन्त्रणमा किन वैदेशिक रोजगार बचतपत्र बिक्री भएन ? कहाँ छ समस्या ? परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न मन्त्री भण्डारीको आग्रह



अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीलाई त्यहाँ सिकेको सीप र आर्जन गरेको सम्पत्ति मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह गर्नुभएको छ ।

दक्षिण कोरियाको पाँचदिने औपचारिक भ्रमणमा रहनुभएका भण्डारीले गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्द्वारा आज आयोजित स्वागत कार्यक्रममा ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “तपाईंहरूले आर्जन गरेको सम्पत्ति ढुक्क भएर नेपालमा लगानी गर्नुस्, नेपाल सरकार पँुजीको संरक्षण र प्रवद्र्धन गर्न प्रतिबद्ध छ ।” साथै विदेशी लगानी भित्र्याउन सरकारले उपयुक्त वातावरण बनाउनका साथै लगानी सुरक्षाको प्रत्यभूति गरेको बताउनुभयो । उहाँले लगानी प्रवद्र्धन गर्न बाधक ऐनकानुन संशोधन गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको मन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ ।

गैरआवासीय नेपालीहरूले मन्त्री भण्डारीसमक्ष नेपालमा लगानी भित्र्याउन आफूहरू तयार रहेको र नेपाल सरकारले लगानी संरक्षणको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिनुभएको थियो । रासस