१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । आज पुँजीबजार परिसूचक पाँच दशमलव ६० अङ्कले घटेर दुई हजार छ सय २८ दशमलव २६ को बिन्दुमा कायम भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा तीन सय १४ कम्पनीको ८१ लाख ४७ हजार तीन सय २० कित्ता शेयर ४९ हजार चार सय २१ पटक खरिदबिक्री भएको छ । पछिल्ला दिनहरूमा नेप्सेमा कारोबार रकम निरन्तर घटिरहेको छ । आज पनि कारोबार रकम रू चार अर्ब २७ करोड ८२ हजार मा खुम्चिएको छ ।

वित्त समूह एक दशमलव शून्य सात, लघुवित्त समूह शून्य दशमलव शून्य नौ र व्यापार समूह शून्य दशमलव ५० प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ३६, विकास बैंक शून्य दशमलव १६, होटल तथा पर्यटन शून्य दशमलव ४२, जलविद्युत् शून्य दशमलव ३६, लगानी शून्य दशमलव ३२ र जीवन बिमा समूह शून्य दशमलव ३३ प्रतिशतले घटेको छ ।

उत्पादन तथा प्रशोधन शून्य दशमलव ३२, म्युचुअल फण्ड शून्य दशमलव २६, निर्जीवन बिमा शून्य दशमलव १४ र अन्य समूह शून्य दशमलव ३७ अङ्कले घटेको छ ।

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९० प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी जानकी फाइनान्स कम्पनी लिमिटेडको रू १५ करोड ५९ लाख २३ हजार दुई सय ८६ बराबरको एक लाख ७१ हजार चार सय ८६ कित्ता शेयर किनबेच भएको छ ।