१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ प्रतियोगिताका रूपमा सोचेर खेल्यौं: सोमपाल कामी



अ+ अ-

काठमाडौँ । कर्णाली याक्सका कप्तान सोमपाल कामीले लिगका प्रदर्शन र नतिजा भुलेर प्लेअफमा नयाँ प्रतियोगिताका रूपमा हेरेर खेलेको बताएका छन् ।

चितवन राइनोजमाथि जित निकालेपछि पत्रकार सम्मेलनमा कर्णालीका कप्तान सोमपालले यसअघि जे जस्तो प्रदर्शन भएपनि प्लेअफमा नयाँ प्रतियोगिताका रूपमा लिएको प्रतिक्रिया दिएका हुन् ।

उनले टस जिते पनि आफ्नो लक्ष्य ब्याटिङ गर्ने नै लक्ष्य रहेको उल्लेख गरे । यसअघि ब्याटिङमा राम्रो शुरुवात चाहे पनि पाउन नसक्दा विकल्प खोजी रहँदा जयकिसन कोल्सावालालाई भित्राएको उनको भनाइ छ । अगाडिदेखि नै नेपाली क्रिकेटबारे जानकार कोल्सावालासँग कुराकानी पनि भैरहेको पनि उनले खुलासा गरे । कोल्सावालालाई दिएको जिम्मेवारी अनुरूप उनले राम्रोसँग काम गरेको सोमपालको भनाइ छ ।

कुन खेलाडीले कति रन बनायो भन्नेकुरा ध्यान दिनेभन्दा पनि बोर्डमा कुल कति रन बन्यो भन्ने ध्यान दिएको सोमपाल बताउँछन् । १६० रनको जति लक्ष्य बनाउने योजना बनाए पनि धेरै भन्दा आफू खुशी रहेको उनको भनाइ छ । उनले लिगमा आफ्नो टोली प्लेअफसम्म पुग्दैन की भन्ने चिन्ता रहेको बताए । तर बलरहरूले राम्रो गरेर यहाँसम्म ल्याएको र अब फाइनलसम्मको लक्ष्य देखेको उनी बताउँछन् ।