५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहितलाई पछि पार्दै रवि बोपाराले बनाए उच्च स्कोर



अ+ अ-

काठमाडौं । चितवन राइनोजका ब्याटर रवि बोपारा नेपाल प्रिमियर लिगमा हालसम्म सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् ।

लुम्बिनी लायन्सका कप्तान रोहित पौडेललाई पछि पार्दै उनी पहिलो स्थानमा उक्लिएका हुन् ।

जारी एनपीएलमा आठ खेल खेलेका बोपाराले कुल दुई सय ८६ रन बनाएका छन् । इलिमिनेटर खेलमा कर्णाली याक्सविरुद्ध अर्धसतक प्रहार गर्दै बोपारा पहिलो स्थानमा पुगेका हुन् । बोपारा ३४ बलमा ५३ रन बनाएर आउट भए । उनले ४ छक्का र ३ चौका प्रहार थिए ।

सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा रहेका रोहितले भने सात खेल खेल्दै कुल दुई सय ७९ रन बनाएका छन् । रोहितको टीम लुम्बिनी र चितवन दुबै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

पोखरा एभेन्जर्सका आन्द्रेस गौस तेस्रो स्थानमा छन् । उनले ६ खेल खेल्दै कुल दुई सय २४ रन बनाएका छन् । चौथो स्थानमा रहेका कुशल मल्लले आठ खेल खेल्दै कुल दुई सय २३ रन बनाएका छन् ।