१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीले चितवनलाई दियो १७५ रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिगको इलिमिनेटरअन्तर्गतको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ को निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७५ रन बनायो ।

कर्णालीका ओपनर जयकिशन कोल्सावाला र विलियम बोसिस्टाले अर्धशतक प्रहार गरे । जयकिशन ५३ र विलियमले ५२ रन बनाए । विलियमले जयकिशनसँग ५९ र चाडविक वाल्टनसँग ६७ रनको साझेदारी गरेका थिए । वाल्टन ४६ रनमा अविजित रहे ।

यस्तै, जिसन मक्सदुले १४ रन जोड्दा देव खनाल ३ र गुल्सन झा ० रनमा आउट भए ।

बलिङतर्फ चितवनका सोहिल तवविरले २, शरद भेषावकर, कप्तान कुशल मल्ल र रवि बोपाराले एकएक विकेट लिए ।

यो खेलमा विजेता हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ ।