३ पुष २०८१, बुधबार
,
Latest
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिद्वारा ४ उपसमिति गठन रोहितलाई पछि पार्दै रवि बोपाराले बनाए उच्च स्कोर प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भवतीलाई सहज त्रिविको जग्गा तथा सम्पती छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ प्राविधिक समस्याका कारण उद्योगमा विद्युत कटौति गर्नुपरेको हो, लोडसेडिङ हुने चरणमा छैनः कुलमान घिसिङ त्रिविको जग्गा तथा सम्पती छानविन समितिले दिएको प्रतिवेदन कार्यान्वयन हुन्छः मन्त्री भट्टराई टस जितेर सुदूरपश्चिमविरुद्ध ब्याटिङ गर्दै जनकपुर बोल्ट्स प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट यू–१९ सिरिजः नेपालले हङकङलाई दियो २९८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर महानगरलाई सबैभन्दा सफा शहर बनाउनछौँः प्रमुख महर्जन



अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकालाई नेपालको सबैभन्दा सफा शहर बनाउन बनाउन चाहेको बताउनुभएको छ ।

मंगलवार महानगरपालिकाको १०६ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले प्राकृतिक विपद्को सामना गर्ने सवालमा नेपालकै उत्कृष्ट पालिका हुनेगरी काम गरिहरहेको बताउनु भयो । उहाँले ललितपुर महानगरपालिकाको वडा नं २३ र २४ मा पर्ने बाटो निर्माणमा सरकारले चासो नदिँदा लज्जित बनाइरहेको समेत बताउनु भयो । उहाँले संघीय सरकारले तत्काल त्यहाँका नागरिकहरुलाई मुआब्जा वितरण गरेर बाटो निर्माणलाई तिब्रता दिन प्रधानमन्त्री समक्ष आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी ललितपुर महानगरपालिकालाई नेपालको सबैभन्दा सफा शहर बनाउन चाहन्छौं । प्राकृतिक विपद्को समाना गर्ने सवालमा हामी सबैभन्दा अब्बल हुन चाहन्छौं । यसको प्रोसेसमा पनि हामी अगाडि बढिरहेका छौं । सम्भवतः निकट भविष्यमै हाम्रो यो उद्देश्य प्राप्त हुन्छ होला । तर हामीलाई एउटा कुराले निकै लाज लगाइरहेको छ । त्यो भनेको धापाखेलको बाटो । वडा नं २३ र २४ को त्यो बाटो संघीय सरकारको बाटो र त्यहाँ न किला ठोक्न पाइन्छ न मर्मत गर्न पाइन्छ । त्यहाँ काम भइरहेको छ । दायाँबायाँका घरधनीहरु मुआब्जा पाएको खण्डमा घर छोड्न तयार छौं भनिरहेको छ । तर नेपाल सरकारले मुआब्जा दिइरहेको छैन । यो अहिले ललितपुर महानगरपालिकाको लागि एकदमै अपm्ठ्यारो परिस्थिति छ । संघीय सरकारले त्यहाँका स्थानीयहरुलाई मुआब्जा दिएर त्यो बाटो सुधार गर्न अति वाञ्छनीय छ ।’

उहाँले महानगरको सातदोबाटो र चापागाउँमा फ्लाईओभर र एकान्तकुनामा अण्डर पास बनाउन जरुरी रहेको समेत बताउनु भयो ।