१८ असार २०८३, बिहीबार
,
Latest
सरकारले सगरमाथाको आरोहण रोयल्टी वृद्धि गर्नुपर्दछः एमाले सांसद शेर्पा सरकारले सुकुम्बासीहरुको तत्कालको समस्या पनि सम्बोधन हुनेगरी बजेटको व्यवस्था गर्न सकेनः नेकपा सांसद राई सम्पती शुद्धीकरण विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राखेर ‘पोलिटिकल ह्यारेसमेन्ट’को कुसंस्कार बसाइएको थियोः अर्थमन्त्री वाग्ले विष्णु पौडेलविरुद्ध तेस्रो पटक म्याद थप, थप ६ दिन हिरासतमा राख्न अनुमति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक पारित राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा कर्णाली नदीमा गाडी खस्यो, उद्धार कार्य जारी मन्त्री चौधरी थाइल्याण्डमा बसोबास गर्ने नेपालीबीच छलफल नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैदिन ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । नेपालमा अहिलेसम्मकै बढी ४ हजार ३ सय ६४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन ।  

स्वास्थ्य मन्त्रालयका अनुसार आज १८ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ६१ महिला र २ हजार ८ सय ३ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १ सय ३५ र ललितपुरमा ३ सय २० जनामा कोरोना सक्रमण देखिएको  छ । काठमाडौं उपत्यकामा एक हप्तामा मात्रै १० हजार बढीमा संक्रमण देखिएको छ । निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य मापदण्ड पूर्ण नभएका कारण संक्रमितको संख्या बढीरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

आज देशभरी सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ जना रहेको छ । आज संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ६७, प्रदेश नम्बर २ मा ५ सय १२, बागमती प्रदेशमा ७ हजार ८ सय ८४ र गण्डकी प्रदेशमा ४ सय ६१ जना रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा १ हजार ९०, कर्णाली प्रदेशमा ४ सय ४५ र सुदूरपश्चिम प्रदेशमा २ सय ५८ जना गरी ११ हजार ७ सय १७ जना संस्थागत आइसोलसनमा रहेका छन । यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ८ सय २७, प्रदेश नम्बर २ मा ४ सय ७५, बागमती प्रदेशमा ९ हजार ८ सय २८ र गण्डकी प्रदेशमा  ५ सय ६५ जना रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा १ हजार ४ सय ४७, कर्णाली प्रदेशमा ३ सय ४९ र सुदूरपश्चिम प्रदेशमा ४ सय ७६ जना गरी देशभरी १४ हजार ९ सय ६७ जना होम आइसोलेसनमा रहेका छन ।

आज आइसियुमा २ सय ३५ र भेन्टिलेटरमा ४२ जना संक्रमित उपचाररत रहेका छन । आज २ हजार ६ सय  ७५ जना डिस्चार्ज भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ६ हजार २ सय २१, प्रदेश नम्बर २ मा १४ हजार ८ सय ९१ बागमती प्रदेशमा २५ हजार ३ सय ५ र गण्डकी प्रदेशमा ४ हजार १ जना डिस्चार्ज भएका छन । लुम्बिनी प्रदेशमा १० हजार २ सय ३८, कर्णाली प्रदेशमा ३ हजार ३ सय २६, सुदूरपश्चिम प्रदेशमा ७ हजार ३ सय ६१ गरी देशभरी ७१ हजार ३ सय ४३ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन ।

नेपालमा कोरोना भाइरस कोभिड १९ बाट ४ महिला र ८ जना पुरुष गरी थप १२ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ७९ वर्षिया, ललितपुरमा ७३ वर्षिया, भक्तपुरमा ८२ वर्षिया र सुर्खेतमा ८२ वर्षिया महिलाको मृत्यु भएको छ । यस्तै सुनसरीमा ३९ वर्षिय, धनुषामा ७० वर्षिय, काठमाडौंमा ५८ वर्षिय, ९१ वर्षिय र कस्कीमा ८३ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै चितवनमा ८१ वर्षिय, ८१ वर्षिय र ९२ वर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ ।




भर्खरै