३१ भाद्र २०८३, बुधबार
,
Latest
खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन यस्ता छन् बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू अभिभावकविहीन र बेवारिसे बालबालिकालाई कानुनी संरक्षणको दायरामा ल्याइँदै विदेशी नागरिकका लागि ‘पासपोर्ट फ्री ट्राभल’ प्रणाली ल्याउँदै अध्यागमन विभाग कांग्रेसको वडा अधिवेशन निर्धारित मितिमै हुने, करिब ९ हजार निर्वाचन अधिकृत फिल्डमा चिलिमे जलविद्युत् केन्द्रका कर्मचारीको मृत्युमा कुलमान घिसिङद्वारा दुःख व्यक्त भोटेकोशी बाढीः १४ शव पहिचान, ८१ जनाको डिएनए सङ्कलन बालबालिकालाई सहानुभूतिले होइन, अधिकारसम्पन्न नागरिकका रूपमा हेर्न सांसदहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

विष्णु पौडेलविरुद्ध तेस्रो पटक म्याद थप, थप ६ दिन हिरासतमा राख्न अनुमति



अ+ अ-

काठमाडौं । पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेल विरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले तेस्रो पटक म्याद थप गरेको छ।

विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइराला को इजलासले बिहीबार पौडेललाई थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

यसअघि अदालतले पहिलो पटक ७ दिन र दोस्रो पटक ३ दिनको म्याद थप गरेको थियो। सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पौडेललाई असार ८ गते सुर्खेत बाट पक्राउ गरिएको थियो।

यता, पौडेलको तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालत ले सम्बन्धित मुद्दाको मिसिल झिकाउन आदेश दिइसकेको छ। उक्त रिटमाथिको सुनुवाइ प्रक्रिया भने जारी रहेको छ।