४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

सरकारले सगरमाथाको आरोहण रोयल्टी वृद्धि गर्नुपर्दछः एमाले सांसद शेर्पा

सरकारले सगरमाथाको आरोहण रोयल्टी वृद्धि गर्नुपर्दछः एमाले सांसद शेर्पा
अ+ अ-

काठमाडाैँ । राष्ट्रिय सभामा नेकपा एमाले सांसद सोनाम ग्याल्जेन शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहरणका लागि रोयल्टी वृद्धि गर्नुपर्ने माग गर्नुभएको छ ।

बिहीवार राष्ट्रिय सभा बैठकमा विनियोजन बजेटका विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले उक्त माग गर्नुभएको हो । सांसद शेर्पाले यथास्थितिमा सगरमाथाको आरोहणलाई कायम राख्ने हो भने आगामी २० वर्षमा सगरमाथाको अवस्था राम्रो नरहने चेतावनी समेत दिनु भयो । सगरमाथालाई हिराको रुपमा चित्रण गर्दै सांसद शेर्पाले सरकारले यसलाई कौडीको मूल्य बराबर पनि महत्व नदिएको भन्दै आपत्ति समेत जनाउनु भयो ।

उहाँले भन्नुभयो,‘सगरमाथालाई हामीले सजिलो बनायौ । हिरालाई हामीले चाँदीको भाउँमा विक्री ग¥यौ । त्यसकारण अब सगरमाथालाई हामीले हिराको भाउमा नै विक्री गर्नुपर्दछ । र, सगरमाथाको भ्यालु राख्नुपर्दछ । त्यसकारण माननीयमन्त्रीज्यु यहाँ हुनुहुन्छ । सगरमाथाको रोयल्टीलाई यो भन्दा पनि बढाउनु पदछ । एउटा कुरा यो हो । अव हिमाल यस्तो अवस्थामा चढ्दै गयो, हिमाल चढ्ने भनेको पहाड चढ्ने वा हाईकिङ जाने जस्तो होइन के । त्यहाँको वातावरण कस्तो भईरहेको छ भन्नेकुरा हामीलाई थाहा छ । यस्तै अवस्थामा पर्यटन मन्त्रालय आफ्नो नीति, नियम ठिक ढंगले राख्न सकेन पनि २० वर्षमा यो सगरमाथा राम्रो कन्डिसनमा रहँदैन । र संसारमा हामीले बदनामी खेप्नुपर्ने अवस्था रहन्छ । यसप्रति पनि मैले मन्त्रालयको ध्यानाकर्षण गराएँ । हिमालको पर्यटनलाई सरकारको नीति तथा कार्यक्रमले पनि छोएन ।’

सांसद शेर्पाले सरकारले हिमालको पर्यटनलाई महत्व नदिएको गुनासो पनि गर्नुभयो ।