२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तबला वादक उस्ताद जाकिर हुसैनको निधन



अ+ अ-

एजेन्सी । विश्व प्रसिद्ध तबलावादक तथा पद्मविभूषण उस्ताद जाकिर हुसैनको निधन भएको छ ।

उनको परिवारले सोमबार बिहान यसको पुष्टि गरेको हो । परिवारका अनुसार हुसैन इडियोप्याथिक पल्मोनरी फाइब्रोसिसबाट पीडित थिए ।

परिवारका अनुसार उनी पछिल्लो दुई सातादेखि सान फ्रान्सिस्कोको अस्पतालमा भर्ना थिए । उनको अवस्था बिग्रिएपछि उनलाई आईसीयूमा भर्ना गरिएको थियो । उनले त्यहीँ अन्तिम सास फेरे ।

जाकिरको जन्म ९ मार्च १९५१ मा मुम्बईमा भएको थियो । उस्ताद जाकिर हुसेनलाई सन् १९८८ मा पद्मश्री, २००२ मा पद्मभूषण र २०२३ मा पद्मविभूषण सम्मानित गरिएको थियो ।

जाकिर हुसेनले तीनवटा ग्रामी अवार्ड पनि पाएका थिए । उनको बुबाको नाम उस्ताद अल्लाह राखा कुरैशी र आमाको नाम बीवी बेगम थियो । जाकिरका पिता अल्लाह राखा पनि तबला वादक थिए । जाकिर हुसैनले आफ्नो प्रारम्भिक शिक्षा मुम्बईको माहिमको सेन्ट माइकल स्कूलबाट गरेका थिए ।

जाकिरले ११ वर्षको उमेरमा अमेरिकामा आफ्नो पहिलो कन्सर्ट गरेका थिए । सन् १९७३ मा उनले आफ्नो पहिलो एल्बम ‘लिभिङ इन द मटेरियल वर्ल्ड’ सार्वजनिक गरे ।

जाकिरमा सानैदेखि धुन बजाउने प्रतिभा थियो । कुनै पनि समतल ठाउँ देखेपछि उनी औँलाले धुन बजाउन थाल्दथे । उनले भान्साकोठामा प्यान, भाँडो र थाली जे पाउँथे त्यसलाई बजाउन थाल्थे ।

सुरुका दिनहरूमा जाकिर रेलमा यात्रा गर्थे । पैसाको अभावमा उनी जनरल कोचमा चढ्ने गर्थे । सिट नभेटिएमा भुइँमा अखबार फैलाएर सुत्ने गर्थे । यस अवधिमा तबलालाई कसैको खुट्टा नछोस् भनेर उनी काखमा राखेर सुत्ने गर्थे ।