५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

ऊर्जा क्षेत्रको बजेटले समस्या समाधानको सङ्केत गरेको छ : चेम्बर अध्यक्ष

ऊर्जा क्षेत्रको बजेटले समस्या समाधानको सङ्केत गरेको छ : चेम्बर अध्यक्ष
अ+ अ-

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले सरकारले ऊर्जा क्षेत्रका लागि ल्याएको नीति तथा कार्यक्रम तथा बजेट स्वागतयोग्य रहेको बताएका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २४औँ साधारण सभा तथा ८औँ अधिवेशनमा शुभकामना मन्तव्य दिँदै अध्यक्ष अग्रवालले ऊर्जा क्षेत्रको विकास र विस्तारलाई प्राथमिकता दिँदै ल्याइएका सरकारी कार्यक्रम सकारात्मक रहेको बताए।

उनले विद्युत् व्यापार र प्रसारण लाइनमा निजी क्षेत्रको सहभागिता बढाउने सरकारी नीति महत्वपूर्ण कदम भएको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा देखिएका विभिन्न समस्याको समाधानतर्फ बजेट केन्द्रित भएकाले यसको स्वागत गर्नुपर्ने बताए।

अग्रवालले नेपाल लामो समयदेखि “नीति र नियति” बीचको अन्तरका कारण अपेक्षित उपलब्धि हासिल गर्न नसकेको धारणा राखे। नीति राम्रो बने पनि कार्यान्वयन पक्ष कमजोर हुँदा अपेक्षाअनुसार परिणाम प्राप्त हुन नसकेको उनको भनाइ थियो।

“नेपाल नीति र नियतिको दलदलमा फसेको छ। नीति सधैं राम्रो आउँछ, तर नियति राम्रो हुँदैन। त्यसैले राम्रो नीति बने पनि कार्यान्वयन नहुँदा अपेक्षाकृत काम हुन सकेको छैन,” उनले भने।

उनले नेपाल जलस्रोतको दृष्टिले अत्यन्तै धनी देश रहेको उल्लेख गर्दै देशको पानी नै ‘सुनको खानी’ भएको बताए। जलस्रोतको उचित उपयोग गर्न सके ऊर्जा क्षेत्रले देशको आर्थिक विकासमा ठूलो योगदान पुर्‍याउन सक्ने उनको भनाइ थियो।