१८ असार २०८३, बिहीबार
,
Latest
सरकारले सगरमाथाको आरोहण रोयल्टी वृद्धि गर्नुपर्दछः एमाले सांसद शेर्पा सरकारले सुकुम्बासीहरुको तत्कालको समस्या पनि सम्बोधन हुनेगरी बजेटको व्यवस्था गर्न सकेनः नेकपा सांसद राई सम्पती शुद्धीकरण विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राखेर ‘पोलिटिकल ह्यारेसमेन्ट’को कुसंस्कार बसाइएको थियोः अर्थमन्त्री वाग्ले विष्णु पौडेलविरुद्ध तेस्रो पटक म्याद थप, थप ६ दिन हिरासतमा राख्न अनुमति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक पारित राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा कर्णाली नदीमा गाडी खस्यो, उद्धार कार्य जारी मन्त्री चौधरी थाइल्याण्डमा बसोबास गर्ने नेपालीबीच छलफल नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेरी अस्पतालमा उपचाररत एक जना महिलाको मृत्युपछि संक्रमण पुष्टि



अ+ अ-

बुटवल । भेरी अस्पतालमा उपचाररत एक जना महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ की ८५ वर्षीया महिलाको मृत्युपछि संक्रमण पुष्टि हो । 

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार उपचारका लागि उनी असोज २१ गते बुधबार नेपालगञ्ज मेडिकल कलेज पुगेकी थिइन् । तर त्यहाँ आईसीयू बेड नपाएपछि सोही दिन साँझ उनी भेरी अस्पतालमा भर्ना भएकी थिइन् । 

बुधबार साँझ अस्पतालमा भर्ना भएकी उनको सोही दिन साँझ पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । उपचारको क्रममा बिहीबार राति ९ बजे मृत्यु भएपनि शुक्रबार (आज) बिहान उनको रिपोर्ट पोजेटिभ आएको श्रेष्ठले बताए ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।




भर्खरै